रमाइलोमा मृत अवस्थामा नवजात शिशु फेला

कात्र्तिक २० गते, कानपोखरी । कानेपोखरी गाउँपालि वडा नं. ६, स्थीत रमाइलोको मेनुका दवाडीको खेतबारीमा गाडिएको अवस्थामा नवजात शिशु मृत फेला परेको छ । मृत शिशुको शालनाल समेत नकाटिएको अवस्थामा मंगलबार साँझ ६ बजे फेला परेको हो । दवाडीको घरको छेउमा रहेको आफ्नै कोठेबारीमा गाडिएको अवस्थामा दवाडीले फेला पारेकी थिइन् । घरपछाडीको कोठेबारीको छेउछाउमा टमटर […]

Continue Reading

लेटाङको जनसेवा सामुदायिक वन १ नम्बर प्रदेशकै उत्कृष्ट

कात्र्तिक १५ गते, लेटाङ । मोरङको लेटाङ नगरपालिका–४, स्थीत जनसेवा सामुदायिक वन उपभोक्त समूहले उत्कृष्ट प्रादेशिक पुरस्कार पाएका छन् । १ नम्बर प्रदेशका १४ वटा जिल्ला भरीका सामुदायिक वनहरु मध्ये जनसेवा सामुदायिक वन उत्कृष्ट हुर्दै प्रादेशिक पुरस्कार पाएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रलाय १ नम्बर प्रदेश र डिभिजन वन कार्यालय मोरङले पुरस्कृत […]

Continue Reading

जनएकताद्रारा ८० जना जेष्ठ सदस्यलाई सम्मान, १ करोड ३७ लाख नाफा(फोटो फिचर)

कात्र्तिक ८ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका स्थीत जनएकता बचत तथा सहकारी संस्थाको २६ औँ साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । सम्पन्न साधारण सभामा ७० बर्ष माथीका ८० जना जेष्ठ सेयर सदस्यलाई संस्थाले सम्मान गरेको छ । उनिहरुलाई प्रति व्यक्ति १२ सय रुपैया र जुस खुवाएर सम्मान गरेको हो । शुक्रबार जनसेवा माविको […]

Continue Reading

पथरीको सिरिजंगा धार्मिक वनलाई प्रादेशिक पुरस्कारले सम्मान

कात्र्तिक ७ गते, पथरी । मोरङको पथरीशनिश्चरे–१०, स्थीत सिरिजंगा स्मृती धार्मिक वन उपभोक्त समूहले उत्कृष्ट प्रादेशिक धार्मिक वन पुरस्कार पाएका छन् । प्रदेश भरीको धार्मिक वनहरु मध्ये सो वन उत्कृष्टमा छानिएर प्रादेशिक पुरस्कार पाएको हो । उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रलाय १ नम्बर प्रदेशले उत्कृष्ट प्रादेशिक धार्मिक वन–२०७६घोषणा गरी पुरस्कार वितरणगरेको थियो । उद्योग,पर्यटन,वन तथा वातावरण […]

Continue Reading

नगरमा मासु पसल सुधार तालिम

कात्र्तिक ६ गते, पथरी । पथरीशनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले नगरका मासु पसल सञ्चालकका लागि ३ दिने मासु पसल सुधार तालिम सुरु गरेको छ । बुधबार वडा नम्वर ४ को हलमा आयोजित ‘बधस्थलदेखि भान्सासम्म स्वच्छ मासु उपभोगका लागि मासु पसल स्वच्छ तालिम’को एक कार्यक्रमकाबीच नगर प्रमुख दिलिपकुमार राईले उद्घाटन् गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा बोल्दै […]

Continue Reading

फुटबलको उपाधी डाँगिहाटलाई

कात्र्तिक ६ गते,पथरीशनिश्चरे । पथरीशनिश्चरेमा भएको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा उपाधी डाँगिहाट फुटबल क्लब बेलबारीले उचालेको छ । बुधबार भएको फाइनल खेलमा साबिक विजेता लेटाङ फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै डाँगिहाट फुटबल क्लबले उपाधी उचालेको हो । उपाधिको लागि खेलको दोस्रो हापको ३० औँ मिनेटमा डाँगिहाटको खेलाडी बिक्रम तामाङले […]

Continue Reading

उपाधिको लागि लेटाङ र डाागिहाट भिड्ने

कात्र्तिक ४ गते,पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि लेटाङ फुटबल क्लब र डाागिहाट फुटबल क्लब वीच आगामी बुधबार भिडन्त हुने भएको छ । सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा डाागिहाट फुटबल क्लबले पन्चायन फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेपछि डाागिहाटले उपाधिको लागि दावेदारी प्रस्तुती गरेको […]

Continue Reading

संथाल नकआउट फुटबल प्रतियोगितामा बालुघाट र सिरसिया विजयी

कात्र्तिक ४ गते, होक्लाबारी । मोरङको कानेपोखरी–१, होक्लाबारीको झरना गाडा संथाल क्लबको आयोजनामा जारी संथाल नक आउट फुटबल प्रतियोगितामा बालुघाट फुटबल क्लब कटहरी विजयी भएका छन् । सोमबार होक्लाबारीको झरना घुटुको खेलमैदानमा भएको खेलमा बनकरुवा फुटबल क्लबलाई ०–१ गोलको अन्तरले बालुघाट फुटबल क्लब विजयी भएको हो । खेलको २० औा मिनेटमा बालुघाट फुटबल क्बल कटहरीका […]

Continue Reading

लेटाङ नगरमा बाल विवाह रोक्न अन्तरक्रिया

कात्र्तिक ५ गते, लेटाङ । मोरङको लेटाङ नगरपालिका स्थीत किण्डर मिसन वर्कको सहयोगमा पहाडी ग्रामिण विकास संस्था उत्तरी मोरङ(हर्डन)को आयोजनामा ‘बाल विवाह अन्यका लागि सरोकारवालहरुको भुमिका’ बिषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमाबार लेटाङ नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा विभिन्न संघसंस्था, बाल क्लबहरुको बाक्लो उपस्थीतीमा अन्तरक्रिया भएको हो । हर्डनले लेटाङ नगरपालिकामा […]

Continue Reading

चौथो चरणको परिचयपत्र वितरण

कात्र्तिक २ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा पालिकाले चौथो चरणको परिचय पत्र वितरण गरेको छ । पछिल्लो पटक १३ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको हो । प्रत्येक महिनाको १५ र ३० गते वितरण हुँदै आएको परिचयपत्रका क्रममा परिचयपत्र वितरण भएको अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समिति सदस्य सचिव गीता कट्टेलले जनाए । जस […]

Continue Reading