अत्यधिक चिसो बढेपछि कमलमा दुई दिन विद्यालय बिदा

कमल । एक हप्तादेखि बढेको अत्यधिक चिसोको कारण कमल गाउँपालिकाले दुई दिनका लागि गाउँपापलिकाभित्र रहेका विद्यालयमा बिदा दिएको छ ।

कमल गाउँपालिकाले सूचना जारी गर्दै अत्यधिक चिसोका कारण कमल गाउँपालिका क्षेत्रका विद्यालयमा सोमबार र मंगलबार बिदा दिएको गाउँपालिकाका प्रमुख सुवास श्रेष्ठले बताउनुभयो । चिसोमा बालबालिकालाई आउनजान र पठनपाठन गर्नका लागि समस्या हुने भएकाले दुई दिनका लागि बिदा दिएको गाउँपालिकाका प्रमुख श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *