क्युवाका राष्ट्रपति मिगुएल डाएज क्यानेल प्रधानन्त्री नियुक्त

kiuwa

क्युवाका राष्ट्रपति मिगुएल डाएज क्यानेल प्रधानन्त्री नियुक्त भएका छन् ।

४० वर्षभन्दा बढी राष्ट्रपति पदमा रहेका क्यानेल पहिलो प्रधानमन्त्रीको रुपमा नियुक्त भएका छन् ।

सन् १९७६ मा क्युवाका नेता फिडेल क्यास्ट्रोले प्रधानमन्त्री पद खारेज गरेका थिए । क्युवामा नयाँ संविधान लागू भएसँगै प्रधानमन्त्री पद पुनस्र्थापित गरिएको बीबीसीले जनाएको छ ।

नवनियुक्त प्रधानमन्त्री क्यानेले वर्तमान राष्ट्रपतिका केही कार्यकारी अधिकारसमेत लिने बताइएको छ । तर विपक्षीहरुले भने कम्युनिष्ट सत्ता लोकप्रिय देखाउन गरिएको निर्णयले आम जनताको पक्षमा काम गर्न नसक्ने दावी गरेका छन् ।

उनीहरुले नयाँ प्रधानमन्त्री नियुक्त भएपनि प्रभावकारी रुपमा काम हुन नसक्ने टिप्पणी गरेका हुन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *