पाकिस्तानमा शिक्षकलाई ईश्वरको निन्दा गरेको भन्दै मृत्युदण्ड

पाकिस्तानमा विश्वविद्यालयका एकजना शिक्षकलाई ईश्वरको निन्दा गरेको भन्दै मृत्युदण्ड सजाय सुनाइएको छ।

जुनैद हफिजलाई पैगम्बर मोहम्मदबारे सामाजिक सञ्जालमा अनादरपूर्ण कुराहरू लेखेको आरोपमा सन् २०१३ को मार्च महिनामा पक्राउ गरिएको थियो।

अमेरिकी साहित्य, फोटोग्राफी र नाटकमा विज्ञता हासिल गरेका ३३ वर्षीय हफिजले फूलब्राइट छात्रवृत्ति अन्तर्गत अमेरिकामा स्नातकोत्तरको पढेका थिए।

हफिजका वकिलले फैसलालाई ’दुर्भाग्यपूर्ण’ भन्दै त्यसविरूद्ध पुनरावेदन दिने समाचार संस्था एएफपीलाई बताएका छन्।पाकिस्तानमा धर्म्निन्दालाई गम्भीर रूपमा हेर्ने गरिन्छ। र आरोप मात्रै लागेकाहरू पनि अतिवादी समूहहरूको निशानामा पर्ने गरेका छन्।

हफिजको मुद्दा लड्न सहमत भएका वकिल रसिद रेहान सन् २०१४ मा एकजना बन्धुकधारीबाट मारिएका थिए।जेलभित्रै अन्य बन्दीहरूबाट आक्रमण भएपछि हफिजलाई केही समय एक्लो कोठमा कैद गरिएको बीबीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *