नगरमा कालोपत्रे सडक योजनाको अनुगमन्

पुष १ गते, पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालयले सञ्चालन गरेका योजनामध्ये २ वटा सडक कालोपत्रे योजनाको नगरबाट अनुगमन् भएको छ ।

नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा प्राविधिक सहितको टोलीले वडा नम्वर २ को बुद्धचोकबाट सुरु भएको बुद्धमार्गको सडक कालोपत्रे अनुगमन् गरेको हो ।

२ करोड ९ लाख १४ हजार २ सय ८६ रुपैयाँ लागतमा ५ दशमलव ५० मिटर चौडाई र २ किलोमिटर ९ सय मिटर लम्वाईको कालोपत्रे भएको छ । सो मार्गमा पुलचोकमा चोक विभाजन गर्ने त्रिकोण आकारको विभाजकस्थल चाँही निर्माण गर्न वाँकी रहेको अनुगमन् समिति संयोजक वास्तोलाले जनाए ।

साथै, टोलीले शनिश्चरे चोकबाट पश्चिम दक्षिण वडा नम्वर ८ तर्फको दोहोलु शुक्रवारेमा ८० लाख ११ हजार ४ सय १४ रुपैयाँ २९ पैसाको लागतमा ५ दशमलव ५० मिटर चौडाई र १ किलोमिटर १ सय ५० मिटर लम्वाईको सडक कालोपत्रे अनुगमन् गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *