पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई अदालतले सुनायाे मृत्युदण्डकाे फैसला

काठमाण्डौ – पाकिस्तानको लाहोर उच्च अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई देशद्रोहको सम्बन्धमा मृत्युदण्डको सजाय सुनाएको छ । 

मुशर्रफ अहिले पाकिस्तानमा छैनन्, उनी दुबईमा आफ्नो उपचार गराइरहेका छन् । केही दिनअघि मुशर्रफले एक भिडियो जारी गर्दै आफ्नो स्वास्थ्यको बारेमा जानकारी गराएका थिए । 

साथै उनले जाँच आयोगलाई आफ्नो अवस्था बुझ्न दुबई नै आए हुन्छ भनेका थिए । 

संविधानको अवहेलना र गम्भीर देशद्रोहको विषयमा उनले भनेका थिए, ‘यो विषय मेरो विचारमा पूरै निराधार छ । दोशद्रोहको कुरा होइन मैले त देशको धेरै सेवा गरेको छु । हामीले देशको लागि युद्ध लड्यौँ र दश वर्षसम्म देशको सेवा गर्याैँ ।’

लाहोर उच्च अदालतको तीन सदस्यीय बेन्चको बहुमतबाट यो फैसला सुनाइएको हो । -एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *