जनताको आशा र भरोसालाई प्रदेश सरकारले टुट्न नदिने : मन्त्री आङ्बो

मंसिर ३० गते, उर्लाबारी । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जनताको आशा र भरोसालाई प्रदेश सरकारले टुट्न नदिने बताएका छन् । सोमबार उर्लाबारी–टाँडी–रमिते सडक कालोपत्रे शिलान्यास गर्दै मन्त्री आङ्बोले सो कुरा बताएका हुन ।

उनले जनतालाई सेवा सुविधा प्रदान गर्न जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका थिए । मोरङ क्षेत्र नं. १ को विकासमा प्रदेश सरकारले प्रर्याप्त बजेट विनियोजन गरेको र जनतालाई अनुभूति हुने गरी सो बजेटको काम अघि बढाउन पनि उनले आग्रह गरे । सरकारले तीब्र गतिमा विकास र समृद्धिको काम अघि बढाइरहेको बताएका छन् ।

प्रदेश सरकारले पहिलो बर्षलाई आधार बर्ष रुपमा लिएको बताउँदै यस बर्ष शिलान्यास बर्ष हुने र अर्को बर्षदेखि जनताले देख्ने गरी विकास निर्माणको काम उद्घाटन गर्ने मन्त्रि आङ्बोको भनाई छ । उनले संघीयता र संविधानलाई कार्यान्वय गर्दै विकास निर्माणका कामलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अघि बढिरहेको उनले उल्लेख गरे । प्रदेश सरकारले उर्लाबारी–टाँडी–रमिते सडक कालोपत्रेमा प्रदेश सरकारले रकम निकासमा ढिलाई नगर्ने प्रतिबद्धता जाहेर गर्दै समयमै काम सम्पन्न गर्न ठेकेदार पक्षलाई निर्देशन दिए । विकास निर्माणका काममा कसैले बाधा पु¥याउन नहुने उनको धारणा छ ।

प्रदेश सरकारले कृषि, पर्यटन, विकास निर्माणलगायतका कार्यमा तीब्र गतिमा काम अघि बढाइरहेको उनले जनाए । उर्लाबारी–मधुमल्ला हुँदै रबी जोड्ने सडक कालोपत्रे तथा स्तररोन्तीका लागि प्रदेश सरकारले गुरु योजना बनाइसकेको मन्त्री आङ्बोले बताए ।

त्यस्तै, मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बूले सडक कालोपत्रे पश्चात मिक्लाजुङको मुहार फेरिने आशा ब्यक्त गरे । बर्षौदेखि सास्ती खेप्दै आएका टाँडी र रमितेका जनतालाई सडक कालोपत्रे बरदान सावित बन्ने बताताएका थिए । सांसद लिम्बूले कालोपत्रे निर्माणको क्रममा कसैबाट अवरोध सिर्जना नगर्न अपिल गरे । उनले चन्दा, चिठ्ठा र सहयोग मागेर दुख दिए त्यसविरुद्ध आफूले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै सांसद लिम्बूले ठेकेदार पक्षलाई निर्धक्क साथ काम गर्न अनुरोध गरे ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सडक कालोपत्रेको काम समयमै सम्पन्न गर्नका लागि उर्लाबारी नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनले मिक्लाजुङ र उर्लाबारीबीच सहकार्य गरी अघि बढ्न तयार रहेको बताउँदै विकास निर्माणका विषयमा कसैले बाधा र अवरोध सिर्जना गर्न नहुने बताए ।

त्यस्तै, पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले विकास र समृद्धिको अभियानमा स्थानीय तह लागि परेको उल्लेख गरे । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वयमा पथरीशनिश्चरे नगरपालिकाले काम गरिरहेको उनले बताए । जनतालाई अनुभूति दिलाउने गरी काम अघि बढाएकोसमेत उनले बताए ।

त्यस्तै, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देबीप्रसाद आचार्यले विकासका नाममा राजनीति गर्न खोज्ने समूहका कारण समस्या उत्पन्न भएको उल्लेख गर्दै विकासमा बाधा नपु¥याउन आग्रह गरे । ठेकेदार कम्पनी शर्मा–भिमेश्वर जेभी भक्तपुरका प्रतिनिधि सहदेब खड्काले कुनै बाधा अवरोध सिर्जना नभए सम्झौता गरिएको समय अगाबै सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जाहेर गरे ।

उक्त कम्पनीले ५८ करोड ५६ लाख ६८ हजार १ सय ७७ रुपैयाँमा ठेक्का लिएको छ । २०७८ असोज २६ गतेभित्र साढे १८ किलोमिटर सडक रमितेको आइतबारेसम्म कालोपत्रे सम्पन्न गर्ने सम्झौता गरेको छ । उक्त सडक कालोपत्रे भएपछि मोरङको विकट क्षेत्र मानिँदै आएको रमितेमा उत्पादित बस्तु सहज रुपमा उर्लाबारीलगायत बजारमा पु¥याउन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *