प्याब्सन छात्रातर्फको भलिबल रेडस्टारले चुम्यो

मंसिर ३० गते, पथरी । प्याव्सन नगर अन्तर विद्यालय छात्र भलिबल प्रतियोगितामा रेडस्टार मावि प्रथम हुर्दै उपाधि चुमेको छ । भुपू सैनिक स्कुलको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा बाल्मिकीलाई हराउँर्दै उपाधि चुमेको हो ।

प्रतियोगितामा उपविजेता बाल्मिकी भएका थिए । त्यसरीनै छात्र तर्फ भएको भलिबल प्रतियोगितामा अन्नपूर्ण मावि.प्रथम भएका छन् । मोरङ मेरीगोल्ड बोर्डिङ्लाई पराजित गरी अन्नपूर्ण प्रथम हुर्दै उपाधि चुमेको थियो । उक्त, खेलको भलिबल छात्रतर्फ वेस्ट प्लेयर्सको रुपमा अन्नपूर्ण माविका प्रज्वल गुरुङलाई मेडल प्रदान गरिएको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि तथा पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राई र अन्य विशिष्ट अतिथि र अतिथिहरु मोरङ प्याव्सन जिल्ला कार्य समिति सदस्य सन्तोष बस्नेत नगर प्याव्सन सल्लाहकार सदस्य, मनरथ खेरल वाल्मिीकि मेमोरियलका प्रिन्सिपल चन्द्रप्रसाद दुलाल, रेडरुटार माविका प्रिन्सिपल निर्देशक टी. एन. तिम्सीना र अन्नपूर्ण मा. विका प्रिन्सिपल दिनेश बराल लागायतले विजेता र उपविजेता टिमलाई संयुक्त रुपमा ट्रफी, मेडल र प्रमाण पत्र समेत प्रदान गरेका थिए ।

सोही कार्यक्रमको अध्यक्षता नगर प्याव्सनका सचिव सुरेन्द्र लिम्बुले गरेका थिए । उक्त कार्यक्रमको आयोजना प्याव्सन नगर कार्य समितिले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *