पत्रकार तिम्सिना चुलाचुलीमा सम्मानित

मंसिर ३० गते, पथरी । मोरङको पथरीशनिश्चरे–१०, घर भएका पत्रकार, कलाकार एवम् साहित्यकार भूपेन्द्रराज तिम्सिना आइतबार इलामको चुलाचुलीमा सम्मानित भएको छ ।

चुलाचुली रंगमञ्चको सातौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दहालले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै तिम्सिनालाई सम्मानित गरेको हो ।

अढाई दशकदेखि नेपाली पत्रकारिता, साहित्य र कलाकारितामा पुर्याएको योगदान तथा चुलाचुली रंगमञ्चका गतिविधिलाई प्रोत्साहित गर्दै आएबापत उनलाई सम्मानित गरिएको संस्थाका संस्थापक अध्यक्ष चेतन आङ्थुपोले कार्यक्रममा उल्लेख गरेका थिए ।

पथरीशनिश्चरे नगरपालिकाका सूचना संयोजक समेत रहेका तिम्सिना ब्लाष्ट टाइम्स, सप्तकोशी एफएम लगायतमा आवद्ध छन् । उनले २ वटा गजल संग्रह प्रकाशित र एउटा लघु चलचित्र निर्माण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *