दोस्रो कुसुमे उद्यौली कपको उपाधि रोयलले उचाले

मंसिर २८ गते, बेलबारी । केराबारी गाउँपालिका स्थीत कुसुमे भएको खुल्ला नकआउट फुटबल प्रतियोगिता तथा उधौली कपको उपाधि रोयल फुटबल क्लब दमक झापाले उचालेको छ ।

कुसुमे साईनिङ क्लबको आयोजनामा भएको विहिबारको फाइनल खेलमा रोयलले सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपियफ)लाई टाइब्रेक्ररमा ३–१ गोलको अन्तरले हराउँदै दोस्रो कुसुमे उद्यौली कपको उपाधि उचालेको हो । खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि टाइब्रेक्ररले खेलको छिनोफानो गरेको थियो ।

टाइब्रेक्ररमा रोयलको तर्फबाट रुद्र कार्की, आशिस चौधरी, सञ्जीव बुढाथोकीले गोल गरेका थिए भने, उत्तम कार्कीले गरेको प्रहार गोल हुन सकेन । रोयलका ४ खेलाडीको प्रहारमा ३ गोल भएको थियो । तर एपियफको तर्फबाट भने उमेश चौधरीले मात्र गोल गर्न सके । सबिन थापा, सुबराज श्रेष्ठ र भुवन बस्नेतको प्रहार भने रोयलका गोल रक्षकले सहजै रोकेका थिए ।

आयोजकले प्रतियोगिताको विजेता टिमलाई नगद पुरस्कार ५१ हजार, ट्रफी, मेडल, प्रमाण पत्र र उपविजेतालाई ३१ हजार, ट्रफी, मेडल, प्रमाण पत्रले सम्मान गरेका थिए । खेलको म्यान अफ दि म्याच रोयलका खेलाडी आशिस चौधरी घोषित भए । उनले नगद पुरस्कार १ हजार ५ सय प्राप्त गरेका थिए । वेस्ट गोल किपर रोयलका खेलाडी उत्तम पोखरेल, धेरै गोलकर्ता एपियफका आकाश राई र कृष्ण थापा घोषित भएका थिए । उनीहरूले प्रति व्यक्ति नगद पुरस्कार २ हजार ५ सय प्राप्त गरेका थिए । म्यान अफ द सिरिजमा एपियफका रविन राई घोषित भएका थिए । उनले नगद पुरस्कार ५ हजार प्राप्त गरेका छन् ।

किराँत समुदायको उद्यौली पर्वको अवसरमा मङ्सिर २० गतेबाट खेल सुरु भएको प्रतियोगिता केराबारी गाउँपालिकाका प्रमुख रोहित कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । समापनमा किराँत समुदायहरूको संस्कृति झल्किने झाकी समेत प्रस्तुत गरिएको थियो । मङ्गलबार भएको पहिलो र अन्तिम सेमिफाइनलमा एपियफले बेलबारी फुटबल क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने रोयलले डाँगीहाट युथ क्लब मोरङलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।

खेलमा आयोजक टिम कुसुमे साईनिङ क्लब , रोयल फुटबल क्लब दमक झापा, डाँगीहाट युथ क्लब मोरङ, इटहरी फुटबल क्लब सुनसरी, सशस्त्र प्रहरी बल पूर्वाञ्चल, लेटाङ फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ र पथरी फुटबल क्लब गरी ८ वटा टिमको सहभागिता रहेको थियो । कुसुमे उद्यौली कपलाई वार्षिक रूपमा निरन्तरता दिँदै जाने कुसुमे साईनिङ क्लब, केराबारीका सचिव अमर राईले जनाएका छन् । प्रतियोगिता क्लबका अध्यक्ष भक्तसेर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *