जेसिज राष्ट्रिय अध्यक्षमा अशोकलाई बहुमतले जिताऊन सहयोग समितिको आग्रह

मंसिर २६ गते, पथरीशनिश्चरे । पथरीशनिश्चरे–१ घर भएका युवा नेतृत्व अशोक शंकरलाई अत्याधिक बुहमतले नेपाल जेसिज बर्ष २०२० को राष्ट्रिय अध्यक्षमा जिताउन अशोक जिताऔं सहयोग समितिले आग्रह गरेको छ ।

बुधबार पथरी बहुमुखि क्यापसको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी अशोक शंकर जिताऔँ सहयोग समितिका सल्लाहकार सदस्यहरु तथा सहयो समितिका सदस्यहरुले आग्रह गरेको हो । बक्ताहरुले पथरीशनिश्चरे नगर क्षेत्रको मात्र नभएर १ नम्बर प्रदेश सहित पूर्वको गहनाको रुपमा राष्ट्रिय अध्यक्षको उमेद्वारको घोषणा भएकोले विभिन्न राजनीतिक दल, बुद्धिजीवि, नागरीक समाज र पत्रकारहरुले आआफ्नो ठाउँबाट जिताउन महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताएका थिए । अशोक शंकरको उमेद्वारी उ एक्लैको नभएर सिङ्गो राष्ट्रको भएकोले जिताउन सबैजना लाग्नु पर्ने बताएका थिए ।

भखरै मेची–महाकालीको घरदैलो अभियानमा १४० वटा शाखाहरुमा आफुलाई जिताउन भोट मागेर पथरी आएका अशोक शंकरले गत बर्ष नै राष्ट्रिय अध्यक्ष बन्ने आफ्नो पालो आएको तर अरुलाई नै त्यो पद छोडेकोले यसबर्ष आफ्नो हुने ढुक भएको बताए । उनले जेसिजमा कुनै राजनीतिक दलको गन्ध नआउने भएकोले कसैले राजनीतिक आडमा पनि भोट माग्ने गरेको बताए । उनले जेसिज भनेको शुद्ध सामाजीक काम गर्ने संस्था भएकोले यसमा कुनै पार्टीको संरक्षण नभएको बताउँर्दै सबै राजनीति दलले जीतको लागी आआफ्नो ठाउँबाट पहल गरिदिन आग्रह गरेका थिए ।

उनले देश र समाजका लागि उत्कृष्ट युवा बनाउने अभियानमा यस अघि आफु लागि परेको र राष्ट्रले माग गरे अनुसारको उत्कृष्ट युवा बनाउने उनले बताए । अवको नेतृत्व सक्षम, इमान्दार र सशक्त युवाको हातमा भएमा मात्रै हरेक क्षेत्रमा सकारात्मक परिवर्तन हुने भएकाले सबैले आफुलाई जिताएर सहयोग गर्नुपर्ने बताए ।

मेची–महाकाली अभियानमा १४० वटा शाखामा गएर बुझ्ने क्रममा सवैले अशोक शंकर जिताऔं भनेर मत आएकोले बहुमतले जित हासिल गर्ने निश्चित भएको अशोक शंकर जिताऔँ सहयोग समितिका अध्यक्ष अर्जुन बुढाथोकीले बताए । अशोक शंकर जिताऔँ सहयोग समितिका सल्लाहकार समितिको संयोजकमा पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राई,संविधान सभा सदस्य चण्डीप्रसाद राई, सदस्यहरुमा दिनानाथ तिम्सिना लगाएत रहेका छन् । समितिको सचिव मुरारी आचार्य,सहसचिव रोषन बुढाथोकी, सदस्य नविन पौड्याल लगाएतले बोलेका थिए । सल्लाहकार र समिति गरी जम्मा १ सय भन्दा बढी सदस्य १ महिना अघि गठन गरी अभियानमा लागेको छ ।

देशभर १७ सय भोटर रहेको जेसिजको पुष ९ गते देखि १२ गते सम्म चितवनमा राष्ट्रिय अधिबेशन हुर्दै छ । नेपाल जेसिज २०२० को राष्ट्रिय अध्यक्ष अहिले अशोक सहित ४ जनाको नाम चर्चामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *