पथरीलाई पराजित गर्दै बेलबारी सेमिफाइनलमा प्रवेश

मंसिर २२ गते, केराबारी । मोरङको केराबारी–९, स्थीत कुसुमेमा जारी दोस्रो कुसुमे उद्यौली कप प्रतियोगिताको खेलमा बेलबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको तेस्रो दिनको खेलमा पथरी फुटबल क्लबलाई ०–१ गोलको खेल अन्तरले बेलबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

बेलबारीको तर्फबाट पहिलो हाफमा भूषण सुब्बाले गोल गरेपछि उसले अग्रता लिएको थियो । खेल अवधि भर दुवैतर्फबाट गोल नभए पछि भूषणले लगाएको गोल नै निर्णय बनेको थियो । खेलको म्यान अफ द म्याच भूषण सुब्बा नै घोषित भए ।

सोमबारको खेल डांँगीहाट फुटबल क्लब र इटहरी फुटबल क्लबबिच हुने आयोजकले जनाएका छन् । केराबारी गाउँपालिकाको सहयोगमा भएको प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ र उपविजेताले ३१ हजार रुपैयाँ,मेडल,ट्रफि र प्रमाण पत्र पाउने क्लबको अध्यक्ष भक्तशेर लिम्बुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *