साग महिला ह्याण्डबलमा नेपालको विजयी शुरुवात


पोखरा
– १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद (साग) मा महिला ह्याण्डबलले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा उद्घघाटन खेलमा श्रीलंकालाई २९–१९ गोलले पराजित गर्दै सुखद् शुरुवात गरेको हो ।

नेपालको तर्फबाट सर्वाधिक उमा राईले ८ गोल गरिन् । उमाले सबै गोल पेनाल्टीबाट गरेकी हुन् ।
यसैगरी कविता राईले ६, निषा राई र कल्पना वलीले समान ४ गोल गरिन् ।

यसैगरी कप्तान रञ्जना राई र दुर्गा बोहराले समान २ गोल गरे । बन्दना राई, शान्तिकला राई र रामकुमारी चौधरीले समान १ गोलको योगदान दिए ।

नेपालको निषा राई र उमा राईलाई रेफ्रीले पहेंलो कार्ड दिए । श्रीलंकाको मुख्य प्रशिक्षक समेत रहेका नेनान्दसहित हार्सिका उदयलाई पहेंलो कार्ड पाए ।

ह्यान्डबलमा भुटानबाहेक ६ देश सहभागी छन् । महिला ह्यान्डबलको अर्को खेल नेपालले शुक्रबार बंगलादेशसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *