पर्यटकको रोजाई बन्दै तेह्रथुमको सौरेनी डाँडा

तेह्रथुम– छथर गाउँपालिकानजिकै निर्माणाधीन सौरेनी डाँडा पिकनिक स्पोट पर्यटकको रोजाइमा पर्न थालेको छ । स्थानीय सरकारले पर्यटक आकर्षित गर्न डाँडामा भौतिक संरचनाहरु निमार्ण सुरु गरेपछि यो डाँडा पर्यटकहरुको रोजाईमा पर्न थालेको हो । कोशीराजमार्गदेखि करिब ९ किलोमिटरको दुरीमा रहेको शुक्रबारे बजार नजिकैको यो पिकनिकस्थल आन्तरिक पर्यटकहरुको गन्तव्य बन्न थालेको छ । डाँडाको चारैतिर टहराहरु बनाइएका छन् । हरियाली वनपाखाको काखमा रहेको स्पोटमा ४ वटा ब्लक स्थापना गरी प्रत्येक ब्लकलाई फरक फरक प्रकृतिका रमाणीय स्थल निमार्ण गरिने छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *