जेससको दुई गोलसँगै सिटी दोस्रो स्थानमा

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससको दुई गोलसँगै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीमाथि फराकिलो जित निकालको छ । सिटीले घरेलु टोली बर्नलीमाथि ४–१ को सानदार जित हात पारेको हो ।

ट्रफ मुरमा सिटीको फराकिलो जितमा रोड्री र रियाद महारजेले समान १ गोल थपे । घरेलु टोलीका रोवर्ट ब्राडीले सान्त्वना गोल फर्काए ।
घरेलु टोलीलाई सुरुबाटै खेलमा दवावमा राखेको सिटीले खेलको २४औं मिनेटमा गोलको खाता खोलेको थियो । जेससले कप्तान डेभिड सिल्भाको पासमा गोल गर्दै सिटीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफको शुरुमै (५०) औं मिनेटमा जेससले नै बर्नाडो सिल्भाको पासमा व्यक्तिगत दोस्रो तथा टिमका लागि पनि दोस्रो गोल गरे । ६८औं मिनेटमा रोड्रीले गोल गरेपछि सिटी खेलमा सहजजिततर्फ अग्रसर बनेको थियो । ८७औं मिनेटमा बर्नाडो सिल्भाको पासमा रियाद महारेजले गोल गरेपछि सिटीले खेलमा ४–० को आरामदायी अग्रता बनाएको थियो । ८९औं मिनेटमा घरेलु टोलीका रोवर्टले गोल गरेपनि सिटी खेलमा ४–१ ले विजयी हुन सफल भयो ।

जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी छोट्याएको छ । सिटी १५ खेलबाट ३२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । नुज शीर्षस्थानको लिभरपुलको भन्दा ८ अंक कम हो । एक खेल कम खेलेको लिभरपुलको ४० अंक छ । एक खेल कम खेलेको लेस्टर सिटी ३२ अंकसहित तेस्रो स्थानमा छ । पराजित बर्नली १८ अंक जोडेर ११औं स्थानमा छ ।

मंगलबार राित नै क्रिस्टल प्यालेसले बर्नमाउथमाथि १–० को जित निकालेको छ । घरेलु टोली प्यालेस १० खेलाडीमा समेटिएपनि जित निकाल्न सफल भएको हो । क्रिस्टलका जेफ्रीले ७६औं मिनेटमा गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *