ट्राफिक निमय पालना गर्न उपप्रमुख बास्तोलाको आग्रह

मंसिर १६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले ट्राफिक निमय पालना गर्न चालकहरुलाई आग्रह गरेका छन् ।

सोमबार लायन्स क्लब अफ पथरीशनिश्चरेको संयोजनमा नगरस्थित समुदाय प्रहरी पालिका समिति समेतको सहकार्यमा पथरीमा ट्राफिक सचेतना कार्यक्रममा उपप्रमुखले त्यस्तो आग्रह गरेका थिए ।

कार्यक्रममा, हेल्मेट नलगाएर मोटरसाइकल चलाउने, हेल्मेटको फित्ता नबाँध्ने, अन्य यातायातका साधनमा समेत ट्राफिक नियम पालना नगरेका चालकहरुलाई रोकी नियम पालना गर्न आग्रह गरिएको थियो ।

नगर उपप्रमुख वास्तोलाको नेतृत्वमा लायन्स क्लब अफ पथरीशनिश्चरेकी प्रेसिडेन्ट मञ्जरी घिमिरे, ट्राफिक प्रहरी, इलाका प्रहरीका सुरक्षाकर्मी सहभागि भएर जनचेतनामुलक कार्यक्रम अघि बढाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *