२८ औँ अन्तराष्ट्रि अपाङ्गता दिवस कानेपोखरीमा भव्यताका साथ मनाए

मंसिर १६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा विभिन्न कार्यक्रम गरी २८ औँ अन्तराष्ट्रिय दिवस भव्यताको साथ मनाएका छन् । कानेपोखरी गाउँपालिका र कानेपोखरी गाउँपालिका अपाङ्गता समन्वय समितिको आयोजनामा दिवस मनाएको हो ।

सोमबार गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा कानेपोखरी गाउँपालिका भरीका ८० जनालाई रातो,निलो,पहेलो र सेतो गरी जम्मा ४ किसिमको परिचय पत्र वितरण गरेको थियो । त्यसैगरी कार्यक्रममा हाजिरीजवाफ प्रतियोगिता पनि गरेका थिए । प्रतियोगितामा प्रश्नको उत्तर दिनेलाई कार्यक्रममै पुरस्कार दिएको थियो । त्यसैगरी वाकर,इयरफोन र वाइट स्टीक ५ जना अपाङगता भएको व्यक्तिहरुलाई वितरण गरेका थिए ।

कार्यक्रममा अपाङ्गता पहिचानको लागी स्वास्थ शिविर पनि संचालन गरेका थिए । विराट मेडिकल कलेज र सिविरआर विराटनगरको प्राविधिक सहयोगमा पहिचान शिविर बसेका थिए । शिविरमा ३७ जना परिचय पत्र पाउने छनौंट गरेका गाउँपालिकाको स्वास्थ विभागका रोहिनीराज भण्डारीले बताए ।

कार्यक्रममा पालिका भित्रको २ सय ५० जना अपाङ्गता भएको व्यक्तिहरु उपस्थित भएका थिए । कार्यक्रम पालिकाका उपाध्यक्ष राजमती इङ्नाम,विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत पुरषोतम धिमिरे,वडा नं. २ वडाध्यक्ष सुशिल बुढाथोकी, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, नेपाली कांग्रेस पार्टीबाट योगेन्द्र दाहाल, नेकपा पार्टीबाट भोला अधिकारी,टंकेश्वरी याक्खा, जनसेवा माविका प्रधानाध्यापक दामोदार सिग्देल लगाएत उपस्थीत रहेका थिए ।

पहिचान गरेको १ बर्ष पछि राज्यको सपेवा सुविधा पाउने कानेपोखरी गाउँपालिका अपाङ्गता समन्वय समितिका अध्यक्ष नगेन्द्र बस्नेतले बताए । अहिले रातो कार्ड पाउने व्यक्तिले मासिक २ हजार,निलो कार्ड पाउनेले मासिक ६ सय पाउँर्दै आएको छ । सेतो र पहेलो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिहरुले सरकारी सेवा सुविधा पाउने गरेको छैन । उनिहरुले पनि सेवा सुविधा पाउनुपर्ने माग अपाङ्गता समन्वय समितिले गरेका छन् । अहिले उनिहरुले यातायात,स्वास्थ, हवाईजहाजको यात्रामा ५० प्रतिशत छुटको व्यवस्था मात्र रहेको छ ।

त्यसैगरी विद्यार्थीहरुको लागी ४ तहको छात्रवृती पाउने गरेको छ । विद्यालय आफै आउने जाने अपाङ्गता भएकोलाई १० महिनाको १ हजार, सहायक सामाग्री प्रयोग गरी विद्यालय आउने जानेलाई १० महिनाको ३ हजार, सहायक सामाग्री र सहयोगी सहित विद्यालय आउने जानेलाई १० महिनाको ५ हजार, अन्य ठाउँबाट डेरा गरी विद्यालयमा पढ्ेको हकमा १० महिनाको ४० हजार पाउने व्यवस्था रहेको छ । पुरानो तथ्याङ्क अनुसार अहिले गाउँपालिकामा रातो कार्ड पाउने १ सय, र निलो कार्ड पाउने १ सय ४० जना रहेको छ । गाउँपालिकामा अहिले अपाङ्गताको संख्या ८ सय भन्दा माथी रहेको अध्यक्ष बस्नेतले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *