स्ववियुद्व्रारा रमाइलो क्याम्पसमा नव आगन्तुक विद्यार्थीलाई भव्य स्वागत

मंसिर १५ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ५, भौसाबारीमा स्थापना भएको रमाइलो बहुमुखी क्याम्पसले क्याम्समा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेका छन् । आइतबार स्वतन्त्र विद्यार्थी युनियनले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो ।

नव आगन्तुक विद्यार्थीहरुलाई प्रमुख अतिथि प्रदेश सांसद सुर्यमाराज राई, क्याम्पस व्यवस्थापन अध्यक्ष दुर्गा बहादुर कार्की र स्वतन्त्र विद्यार्थी युनियनका सभापती अशोक खत्री लगाएतले फुलको गुच्छा दिर्दै अविरको टिका लगाईदिएर स्वागत गरेका थिए । कक्षा ११ र विविएस प्रथम बर्षका विद्यार्थीलाई स्वागत गरेका हुन । अहिले कक्षा ११ मा ९२ जना र विविएसमा ३० जना नयाँ विद्यार्थी भर्ना भएको क्याम्पस प्रमुख टिकाराम खरेलले बताए । कक्षा ११ मा शिक्षा संकाय, मानविकी संकाय र व्यवस्थापन कक्षाहरु संचालन हुर्दै आएको छ । त्यसैगरी स्नातक तहमा विविएस कक्षा मात्र संचालन हुदै आएको छ । सवै गरेर जम्मा ४ सय भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन् ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर कार्कीले क्याम्पस संचालनमा समस्या बारेमा बताउँर्दै क्याम्पस संचालन निमित सबैले सहयोग गर्नुपर्ने बताएका थिए । प्रमुख अतिथि प्रदेश सांसद सुर्यमाराज राईले विद्यार्थीलाई स्वागत गर्दै आफ्नै गाउँको क्याम्पस भएकोले आफुले सक्दो सहयोग गर्ने कार्यक्रममा बताएका थिए । उनले क्याम्पस निर्माणको भावि योजनाहरुमा समेत प्रदेशको बजेट ल्याउन सक्दो पहल गर्ने बताएका थिए । सांसद राईले क्याम्पसमा १० लाख रुपैया बराबरको कम्युटर खरिदको लागी रकम उपलब्ध गराउने र तत्कालै कम्प्युटर कक्षा सुरु गर्ने बताएका थिए ।

कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष तिर्थ कार्की,नेकपा कानेपोखरीका सचिव मनोज राजवंशी,लायन्स क्लब अफ कानेपोखरीका प्रसिडेन्ट कुमार फुयल, कानेपोखरी जेसिजका अध्यक्ष हिमप्रसाद तिम्सीना,राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष नविन पौडेल,कानेपोखरी व्यापार संघबाट भानु फुयल, क्याम्पस संचालक समिति सदस्य विवेक लिम्बु लगाएत अतिथि रहेका थिए ।

कार्यक्रममा अतिथिहरुले नयाँ विद्यार्थीलाई स्वागत गर्दै शुभकामना दिएका थिए । कार्यक्रममा सास्कृतिक नृत्य र गायनले उपस्थीत अतिथि र विद्यार्थीहरुलाई मनोरञ्जन दिलाएको थियो । कार्यक्रम संचालन राजकुमारी तामाङ र प्रविन धिमालले गरेकी थिइन भने स्वागत मन्तव्य स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष तीर्थ पाचकोटीले गरेको थियो ।

तस्वीर : तीर्थ पाँचकोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *