कञ्चनपुरमा पनि वडाध्यक्षमा नेकपा विजयी

मंसिर १४ गते, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार कृष्णबहादुर तामाङ विजयी भएका छन्। उनले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्वार दीपबहादुर तामाङलाई पराजित गरेका हुन् ।

तामाङले ३१० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए । कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो। जसमा ४ मत बदर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *