कला र साहित्य क्षेत्रको विकासमा नगरपालिका लागि पर्ने : नगर प्रमुख राई

मंसिर ७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले नगर क्षेत्रको कला र साहित्यको विकासकामा नगरपालिका कार्यालय लागी पर्ने बताएका छन् ।

शनिबार एभरेष्ट आर्ट फ्यूजनको मुख्य र सीएम कन्दङ्वा स्मृति कोषको सहआयोजनामा सञ्चालित सृजना चौतारी कार्यक्रमको १४ औं श्रृंखलाको उद्घाटनको क्रममा प्रमुख अतिथि नगर प्रमुख राईले सो कुरा बताका हुन ।

उनले बरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्ललाई सम्मान पत्रले सम्मानित समेत गर्दै नगर क्षेत्रमा बढेको कला क्षेत्रको वातावरणको प्रशंसा गर्दै नगरलाई सृजनात्मक बनाउने कुरामा आफ्नो सधैं साथ रहने जनाए ।

कार्यक्रममा, नगरका पुराना लोक गायक वीरध्वज शिवाले गीत प्रस्तुत गरेका थिए । दमक झापाका प्रकाश आङ्देम्बे र पथरीशनिश्चरेका भूपेन्द्रराज तिम्सिनाले गजल, बेलबारीकी ढाकाकुमारी पराजुली र पथरीशनिश्चरेका रोहित पराईले कविता प्रस्तुत गरेका थिए ।

कार्यक्रमका ५ जना प्रस्तोता तथा वडा नम्वर ३ को पाथीभरा भजन किर्तन मण्डली र पिपलचोक संगीनी समूहलाई सम्मानित गरिएको छ । साथै एभरेष्ट आर्ट फ्यूजनले यस वर्ष संचालन गरेको सृजनात्मक देउसी भैलो कार्यक्रममा सहभागिलाई प्रशंसापत्र समेत वितरण गरिएको छ ।

सो कार्यक्रम अघि बरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्लले समसामयिक कलामाथिको परिचर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *