पथरीमा ३५ लाखको लगानीमा आरभी उद्योग उद्घाटन

मसिर ३ गते, पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे—९, स्थीत शनिश्चरेमा दुईजना युवाको ३५ लाखको लगानीमा आरभी ड्रिमल्याण्ड कन्सट्रक्सन कम्पनी स्थापना गर्दै उत्पादनको उद्घाटन गरेको छ ।नगरमा पहिलोपटक निर्माण सामाग्री उत्पादन सुरु गरेको कम्पनीले सोमबार एक कार्यक्रम गरी उद्योगको उद्घाटन गरेको हो ।

उद्योगलाई पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले रिवन काटेर उद्घाटन गरेका थिए । मेयर राईले इन्टरलक इटा पनि पेलेर उत्पादन गर्दै उद्योगकै पर्खालमा जडान गरेका थिए । उनले यसप्रकारको उद्योगले नगर विकासको प्रगती भएको बताएका थिए ।

पथरीशनिश्चरे–८, का युवा व्यवसायी हेमन्त विष्ट र कानेपोखरी–६, का दीपक कार्कीको लगानीमा सुरु भएको हो । सो कन्सट्रक्सन कम्पनीले सिमेन्ट, गिटी, बालुवा लगायतबाट इन्टरलक इटा, टायल, कर्भ स्टोन, होम पाइप, विद्युतीय पोल, स्लाब, रेलिङ, गमला, रिङ लगायतको सामाग्री उत्पादन गर्ने भएको छ । तत्काल इन्टरलक इटा र टायलहरु उत्पादन गर्ने उद्योगले जनाएको छ ।

उद्योगले विभिन्न आकार र रंगको टायलहरु, रेलिङ, कभर स्टोन उत्पादन गर्ने हेमन्त विष्टले जनाए । नगरका उद्योग स्थापना भएपछि स्थानीय उपभोक्ताहरुलाई चाँडो र मूल्यमा पनि सहज हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *