मोडल क्याम्पस दमकका विद्यार्थीहरु द्धारा विरोध प्रर्दशन

दमक/ भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश गरे पछि देशैभर विरोध भईरहेको बेला बिहिबार मोडल क्याम्पस दमकका विद्यार्थीहरुले पनि विरोध प्रर्दशन गरेका छन ।
भारतिय विस्तारवाद विरुद्ध नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमणको विरुद्धमा मोडल क्याम्पस दमकका विद्यार्थीहरुले बिहिबार विरोध सभा गरेका हुन । कार्यक्रममा कालापानी, लिपुलेक र लिपियाधुरा हाम्रै हो, गो ब्याक इन्डिया लेखिएका प्लेकार्ड सहित विद्यार्थीहरुले प्रर्दशन गरेका थिए । विरोध ¥यालीमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत जलाइएको थियो । भारतिय विस्तारबाद मुर्दावाद भारतिय शासन अन्त्य गर, विद्यार्थी एकता जिन्दाबाद, लिपुलेक हाम्रै हो, कालापानी हाम्रै हो, लिम्पियाधुरा हाम्रै हो, भन्दै नारा समेत लगाइएको थियो ।
झापाको दमकमा भएको विरोध सभा मोडल क्याम्पस बाट सुरु गरि क्याम्पस मोड हुँदै दमक नगर परिक्रमा गरि दमकको मुख्य चौक गणतन्त्र चौकमा कोण सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *