मोडल क्याम्पस साहित्यिक मञ्चको साधारण सभा साथै नयाँ नेतृत्व चयन सम्पन्न

दमक/ अग्रजलाई सम्मान नवप्रतिभालाई प्रोत्साहन भन्ने मुल नाराका साथ स्थापना गरिएको झापाको दमक ५ मा रहेकोे मोडल क्याम्पस साहित्यिक मञ्चले आफ्नो तेस्रो साधारणसभाको अवसरमा २५ सदस्य समिति गठन गरेको छ ।

मञ्चका अध्यक्ष जितेन सामपाङको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । नव गठित मञ्चको अध्यक्षमा मौसम राई सर्बसम्मत चयन भएका छन् । त्यसै गरि उपाध्यक्षमा द्धय टिकाराम सापकोटा र उमा लिम्बु, त्यसैगरी महासचिव , सचिव कोषाध्यक्ष सहकोषाध्यक्षमा क्रमशः खगिन त्रिखत्री सरोज आचार्य, एस्थर मगर, इन्दु ताजपुरिया त्यसै गरि विभागीय प्रमुखमा दिवश तिगेला,संगठन विस्तार विभागमा कुन्दन अधिकारी र निस्चल राई, महिला विभागमा याशोदा बजगाई र निशा पुरी, अनुशाशन विभागमा भरत विमल रोय, सुचना तथा प्रचारप्रसार विभागमा नवराज मगर र कमल कटुवाल साथै सदस्यमा विध्या राई, सिर्जना राई, निकिता खत्री, पर्वत बस्नेत, प्रसुना कार्की, सुलोचना अधिकारी, स्वस्तिका ओझा, प्रशंसा गौतम, झरना ढुङ्गेल, रोस्मा क्षेत्री, उत्सव काईराला, दिपा खनाल र निखिल कुँवर चयन भएका छन् ।

मञ्चका संरक्षक शिक्षक बिन्दु दाहाल (मुकदर्शक) को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मञ्चका सचिव खगिन त्रिखत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी नवनिर्वाचित अध्यक्ष राईले यस मञ्चलाई भावी दिनमा नयाँ सोच र संकल्पका साथ अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा मञ्चका सदस्य कमल कटुवालले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन मञ्चका उपाध्यक्ष टिकाराम सापकोटा र समर्पण मगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *