पानीमा डुवेर मृत्यु भएका परिवारलाई नगरको ५१ हजार सहयोग

कात्र्तिक २३ गते, पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालयले पानीमा डुवेर मृत्यु भएका एक बालकका परिवारलाई नगद ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

वडा नम्वर २ स्थित प्रवेश राईका २ वर्षीय छोरा निछाको पानीमा डुवेर मृत्यु भएकोमा शोक व्यक्त गर्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले राहत रकम प्रदान गरेको हो ।

उपप्रमुख वास्तोलाका साथै २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाई, कार्यपालिका सदस्य अरुणा राई र न्यायिक समिति सदस्य पर्शुराम न्यौपानेले सो रकमको चेक हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *