‘कबड्डी कबड्डी कबड्डी’ युएईका बिभिन्न् हलहरुमा रिलिज हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ आज नोवेम्बर ७ तारिक देखि युएईका बिभिन्न् हलहरुमा रिलिज हुने भएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले युएईमा लामो समय पछि पर्दशन हुने अवसर पाएको छ ।

सोसल ड्रामा चलचित्रमा ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिस्मा गुरुङ, बुद्धी तामाङ, बिजय बराल, कर्मा शाक्य, विल्सन विक्रम राई लगायत कलाकारको अभिनय छ |
युएईमा रमेश ढकालको समनयमा प्रदशन हुने चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ नेपाली चलचित्र युएईको बरदुबई, क्यारिफोर सिटीसेण्टरको सिन्धगा सिनेमा हलमा दुबईकै अलकुजको बलिउड सिनेमा, त्यस्तै आबुधाबीको नेसनल सिनेमाहल र आबुधाबीकै मुसाफाको ग्रान्ड सफिर सिनेमा, लगाएत युएईका अधिकंश फिलिम हलमा नेपाली चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ पर्दशनी हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *