वन कर्मचारीकै मिलेमतोमा कानेपोखरीको वन क्षेत्र अतिक्रमण

कात्र्तिक २१ गते, कानेपोखरी । वन कर्मचारीकै मिलेमतोमा मोरङ कानेपोखरीको वन क्षेत्र अतिक्रमण बढ्र्दै गएको छ । कानेपोखरी गाउँपालिका–७, स्थीत कानेपोखरी चोकमा राष्ट्रिय वन र सामुदायिक वन अतिक्रमण बढ्दै गएको हो । वन अतिक्रमणमा सामुदायिक वन,वन कर्मचारी र विचौलियाको मिलेमतोमा अतिक्रमण हुने गरेको छ ।

वन कर्मचारीको मिलेमतोमा अहिले कानेपोखरी चोकको दक्षिण तर्फ कंक्रिट घरहरु धमाधम निर्माण भैरहेको छ । घरहरु निर्माण भैरहदा कानेपोखरी चोकमा रहेको सव डिभिजन वन कार्यालयका कर्मचारीहरु भने चुप बसेका छन् । जनजागृती सामुदायिक वन क्षेत्रले संरक्षण गर्दै आएको स्थानमा घर निर्माण भैरहेको छ । निर्माणधिन घरको अहिले चारै तीरको जग उठाईरहेको छ ।

जनजागृती सामुदायिक वनको अध्यक्ष पूर्ण अधिकारीले रंगेली–कानेपोखरी सडकले विस्थापित केही व्यक्तिहरुलाई त्यहाँ राख्ने निर्णय सबैले गरेको बताए । घर वनाउन दिने निर्णयमा सव डिभिजन कार्यालय बेलबारी कर्मचारी सुवेदार सहितका टोली, सव डिभिजन वन कार्यालय कानेपोखरीको तुलसीलाल यादव पनि सहभागी भएका थिए । यस विषयमा भने वन अधिकृत तुलसीलाल यादवले थाहा नभएको बताए । सव डिभिजन वन कार्यालयको अगाडी छ त भने प्रश्नमा अहिले सम्म नदेखेको बताए ।

सुरुमा सुगुरको खोर,दाउरा राख्ने जस्तो गर्ने पछि घुम्ती बनाउने त्यस पछि घरको आकार दिर्दै गएर पछि बिल्डङ घर नै बनाउने प्रचलन छ । अहिले सो क्षेत्रमा मुख सानो भएपनि लामो ३ देखि ४ तले घरहरु बन्ने क्रममा छ । सव डिभिजन वन कार्यालय नजिक भएपति वन कर्मचारीको मिलेमतोमा सो कार्यहरु गर्दै आएका छन् । सो क्षेत्रमा चौतर्फी वन अतिक्रमण बढ्र्दै आएको छ । सो बन्र्दै गरेको स्थानमा बस्ती पछाडी बाट सडकले वनसँगको सिमाना लगाएको थियो भने कयौँ पटक बाटो सरेको सरेकै छ ।

पहिले घर बस्दा सानो स्थान ओगटेको हुन्थ्यो भने अहिले घर लामो आकारमा फैलिएर गएका छन् । पछिल्लो समयमा सिमानाको बाटो सँगै बाटोको केही भाग मिचेर सामुदायिक वन र सव डिभिजन वन कार्यालय मिलेर पिल्लरको सिमाना लगाई दिएको छ । यस्ता पिल्लरको सिमाना यस पटक मात्र होइन पहिले देखिनै पटक पटक सारिन्र्दै आएको छ ।

पिल्लर सारेर वन अतिक्रमण गर्ने बानी बसिसकेकोले अहिले वनले जाम गरेको पिल्लर सारेमा वन ऐन अनुसार कारवाही गर्ने नियम राखेको वन अध्यक्ष अधिकारीले बताए । पूर्वपश्चिम राजमार्गको कानेपोखरी चोक दक्षिणपश्चिममा जनजागृती वन, पूर्वमा ग्रामिण सुधार सामुदायिक वन क्षेत्र र उत्तरमा राष्ट्रिय वन रहेको छ । चोकको बस्तीले तीनैवटा वनको क्षेत्रलाई छोएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *