रमाइलोमा मृत अवस्थामा नवजात शिशु फेला

कात्र्तिक २० गते, कानपोखरी । कानेपोखरी गाउँपालि वडा नं. ६, स्थीत रमाइलोको मेनुका दवाडीको खेतबारीमा गाडिएको अवस्थामा नवजात शिशु मृत फेला परेको छ । मृत शिशुको शालनाल समेत नकाटिएको अवस्थामा मंगलबार साँझ ६ बजे फेला परेको हो । दवाडीको घरको छेउमा रहेको आफ्नै कोठेबारीमा गाडिएको अवस्थामा दवाडीले फेला पारेकी थिइन् ।

घरपछाडीको कोठेबारीको छेउछाउमा टमटर रोप्ने क्रममा हातले माटो कोट्याउने क्रममा शिशुको हात भेटेपछि आत्त्तीएर हारगुहार गरेको मेनुका दवाडीले बताइन । शिशुलाई गाडिएको अवस्थामा फेला पारेपछि स्थानीय र प्रहरीलाई खवर गरेका थिए । स्थानीय र इलाका प्रहरी कार्यालयका इस्पेक्टर रामबहादुर ढकालको नेतत्वको टोलीले मुजुल्का उठाई शिशुको शव उठाएका थिए । मृत शिशु छोरी रहेको प्रहरीले पृष्टी गरेको थियो । शिशुलाई कोठेबारीमा हातले सामान्य आधा फुट जति हातैले खनेर माटोले छोपछाँप गरेको थियो ।

८ महिनाको शिशुलाई हत्या गरी फ्याकेको आरोपमा प्रहरीले सोही वडाकी विहिबारे घर भएकी १७ बर्षिय सुस्मिता विकलाई प्रहरीले पक्राउ गरेको छ । उनीलाई रमाइलो डायाग्नोष्टिक सेन्टरको सहयोगमा पक्राउ गरेको हो । रमाइलो डायाग्नोष्टिक सेन्टरमा आएर एबर्सन गरेर बच्चा फ्याकेको स्थानीयहरुले बताएका छन् । तर प्रहरीमा दिएको बयान अनुसार सेन्टर संचालक प्रकास धिमालले बुवा, आमा र छोरी नै सोमबार साँझ ७ बजे क्लीनिकमा आएका थिए ।

उनिहरुले ज्वरो,डेङ्गो चेक गरिदिनु नि भनेपछि हामीले रगतको ल्याबटेष्ट मात्र गरिएको हो र ल्याबटेष्टमा सबै सामान्य भएको रिपोट दिएको बताएका छन् । उनले भने ‘ब्लीडिङ भयो भनेका थिए मैले एम्बुलेन्स खोजेर अन्तै लानु भने उनिहरु शौचालय गएका थिए निकै बेर नआएपछि म रमाइलो चोकमा हुर्रा नाच हेर्नु गएका थिए । त्यस पछि उनिहरुसँग सम्र्पकै भएन ।’

रमाइलो डायाग्नोष्टिक सेन्टर र मेनुका दवाडीको घर सिमानामा पर्छ । ६ फुटको पर्खालको सिमाना रहेको छ । पर्खाल सेन्टरको पछाडीको भाग पर्छ जहाँ पर्खाल(भित्ता)सँगैजोडिएको सेन्टरको शौचालय छ । पर्खालको माथिल्ले भागमा रगतको थोपाहरु रहेको थियो ।

आरोपित सुस्मिता विकलाई चेकजाचको लागी विराटनगर स्थीत कोशीअञ्चल अस्पताल लगिएको छ । अहिले सम्म शिशुको बुबा पत्ता नलागेको र उनिलाई अनुसन्धान सुरु गरेको इस्पेक्टर रामबहादुर ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *