लेटाङको जनसेवा सामुदायिक वन १ नम्बर प्रदेशकै उत्कृष्ट

कात्र्तिक १५ गते, लेटाङ । मोरङको लेटाङ नगरपालिका–४, स्थीत जनसेवा सामुदायिक वन उपभोक्त समूहले उत्कृष्ट प्रादेशिक पुरस्कार पाएका छन् । १ नम्बर प्रदेशका १४ वटा जिल्ला भरीका सामुदायिक वनहरु मध्ये जनसेवा सामुदायिक वन उत्कृष्ट हुर्दै प्रादेशिक पुरस्कार पाएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रलाय १ नम्बर प्रदेश र डिभिजन वन कार्यालय मोरङले पुरस्कृत गरेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रलाय १ नम्बर प्रदेशले कात्र्तिक ५ गते मंगलबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी वन मन्त्री जगदीश प्रसाद कुसियेतले पुरस्कार वितरण गरेका शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

प्रदेश सरकारले उत्कृष्ट प्रादेशिक सामुदायिक वन–२०७६ घोषणा गरी पुरस्कृत गरेको थियो । जनसेवा सामुदायिक वनले वन संरक्षण,सम्बद्र्धन,व्यवस्थापन,वारावरण सन्तुलन,जैविक विविधता तथा पर्यटन प्रवद्र्धनमा पुर्याएको योगदानको कदर गर्दै प्रदेश सरकारले १ लाख नगद सहित प्रमाण पत्र प्रदान गरेको थियो ।

त्यसैगरी डिभिजन वन कार्यालय मोरङले नगद ६ हजार ५ सय रुपैया र प्रमाण पत्रले सम्मान गरेको थियो । डिभिजन वन कार्यालय मोरङका वन अधिकृत विशाल धिमिरे र जिल्ला समन्वय समितिका प्रमुख नरेश पोख्रेलले नगद र सम्मान पत्र वितरण गरेका थिए ।

लेटाङ क्षेत्रमा नमूनाको रुपमा रहेको जनसेवा सामुदायिक वनले वनको विधान अनुसार काम गर्दै आएकोले प्रदेशमै १ नम्बरमा आएको वन समूहका अध्यक्ष दिलमान राईले पत्रकार सम्मेलनमा बताए । सामाजिक काममा सर्पदंंश उपचार केन्द्र,क्याम्पस भवन निर्माण,सडक ग्राभेल,कालो पत्रे सडक,कल्भर्ट,कुलो, सामुदायिक विद्यालय निर्माणमा सहयोग,मन्दिर,गुम्बा लगाएतमा वनबाट आर्थिक लगानी गरेको वन समूहले बताए ।

गरिवि न्यूनिकरण अन्तरगत छात्रवृती,महिला सिप विकास तालिम,३ महिने प्राथमिक उपचार तालिम,विपन्न परिवारलाई घर टहरा निर्माण , गुम्ती व्यवसाय,रिक्सा र ठेला निर्माण गरी उपभोक्तालाई वितरण गरी व्यवसायिक गराउने खालका कामहरु गर्दै आएका छन् ।

वनको आम्दानीको लागी वन क्षेत्रमा विभिन्न प्रजातीको फलफुल जडिबुटी, मसला, कागती, लिचि, आप, एबोकार्डो, काजु, रुद्राक्ष, सुगन्धकोकिला, नरिवाल, सुपाडी लगाएत रोपेर उत्पादन गरी विक्रि गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा लेटाङ नगरपालिका नगरप्रमुख शंखर राई, सामुदायिक वन उपभोक्ता महासंघ १ नम्बर प्रदेश समितिका सचिव अग्नी पौडेल,वडा नं. ४ का वडाध्यक्ष सन्तोष कार्की लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

पुरस्कारका लागि वन समूका अध्यक्ष दिलराम राई सहित सम्पूर्ण पदाधिकारी र सदस्यहरु विराटनगर गएका थिए । पूर्वपश्चिम राजमार्ग देखि उत्तरमा पर्ने सो वनको ३०५.३४ हेक्टर क्षेत्रफलमा स्थानीयले २०५४ साल देखि संरक्षण गर्दै आएको छ । अहिले लेटाङ क्षेत्रका ७ सय १४ घरधुरीले संरक्षण गरी वनबाट काठ दाउरा तथा वन पैदावार उभोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *