जनएकताद्रारा ८० जना जेष्ठ सदस्यलाई सम्मान, १ करोड ३७ लाख नाफा(फोटो फिचर)

कात्र्तिक ८ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका स्थीत जनएकता बचत तथा सहकारी संस्थाको २६ औँ साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । सम्पन्न साधारण सभामा ७० बर्ष माथीका ८० जना जेष्ठ सेयर सदस्यलाई संस्थाले सम्मान गरेको छ । उनिहरुलाई प्रति व्यक्ति १२ सय रुपैया र जुस खुवाएर सम्मान गरेको हो ।

शुक्रबार जनसेवा माविको प्रागङ्गणमा भएको सभामा संस्थाका कोषाअध्यक्ष इच्छा कोइरालाले आर्थिक बर्ष २०७५÷०७६ मा १ करोड, ३६ लाख, ९७ हजार, ८ सय ६२ रुपैया शुद्ध नाफा गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । गत बर्ष साधरण सभामा १ करोड ५१ लाख, ४५ हजार ४ सय ८ रुपैया अनुमान गरेको थियो ।

संस्थाले २०७६÷०७७ मा १ करोड, ५९ लाख, ८ हजार, ४ सय ४५ रुपैया नाफा आर्जन गर्ने लक्ष्य राखेको छ । गत बर्ष संस्थाले १ करोड २० लाख ९४ हजार,९सय ५ रुपैया शुद्ध नाफा गरेको थियो । गत बर्षको तुलनामा यस बर्ष १३.२५ प्रतिशतले बृद्धि भएको छ ।

सभामा संस्थाका अध्यक्ष भोला अधिकारीले आर्थिक बर्ष २०७५÷०७६ को बार्षिक कार्यप्रगती र २०७६÷०७७ प्रस्तावित कार्ययोजना प्रतिवेदन प्रस्तुत गरेका थिए । आगामी दिनमा संस्थाले १८ प्रतिशत नाफा बाड्ने र साधारण सभामा आउने सेयर सदस्यहरुलाई ५ सय रुपैया खाजा भत्ता दिने पारित गरेको छ । संस्थालाई विभिन्न अग्रगति प्रदान गर्न भूमिका खेल्ने एक दर्जन भन्दा बढी सेयर सदस्यलाई पुरस्कृत र सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा नियमित वचत तर्फ उत्कृष्ट पुरस्कार छविलाल अधिकारी,सेयर पुरस्कार देविप्रसाद आर्चाय,ऐच्छिक बचत तर्फ पदमलाल घिमिरे,बाल बचत तर्फ स्नेह धिमाल,ऋण लगानी तथा असुली तर्फ चेतकुमारी राई,दैनिकी बचत तर्फ चन्कु शाह, कर्मचारी तर्फं व्यवस्थापक पवित्रा खतिवडा,पूर्व संचालक लोकबहादुर बस्नेत र दुर्गादेवि कोइरा रहेका छन् ।

त्यसैगरी उत्कृष्ट छात्र÷छात्रामा जनसेवा माविका छात्रा रोश्नी यादवले ३.६८ जीपीए र पिनाकल ज्ञान मन्दिर स्कुलका अनिशा श्रेष्ठले ३.९५ जीपीए ल्याएर उत्कृष्ट भएपछि पुरस्कृत भएकी छिन् । त्यसैगरी संस्थाले एक बर्ष भित्र २२ जना मृतक घरपरिवारलाई २ लाख ६५ हजार राहत वितरण गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि कानेपोखरीगाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले रहेका थिए । विशेष अतिथि जिल्ला वचत संघ मोरङको सहसचिव कृष्ण प्रसाद खतिवडा रहेका थिए ।

त्यसैगरी कार्यक्रममा अतिथिहरु गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम,वडाध्यक्ष सुशिल बुढाथोकी र खड्ग बस्नेत, नेप्सकुन केन्द्रिय पूर्व लेखा संयोजक राजकुमार बराल, रमाइलो साकोसका अध्यक्ष टंक अधिकारी लगाएत रहेका थिए ।

प्रमुख अतिथि ताराबहादुर काफ्लेले गाउँपालिका क्षेत्र भित्रको सहकारी एकिकरण गरेर एउटै संस्था बनाउन जोडदिर्दै यदि सवै सहकारी मर्ज भएर एउटै भएमा गाउँपालिकाले छुट्टै प्याकेजमा सेवा दिने बताएका थिए ।


त्यसैगरी बिशिष्ट अतिथि खतिवडाले अहिले सम्म सहकारी मर्ज भन्ने भाषणमा मात्र रहेको व्यवहारमा कहिले लागु नगरेको बताए । सहकारीहरु मर्ज गर्नु अहिलेको जटिल आवश्यकता हो त्यो नगरी नहुने बताएका थिए ।

,कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष त्रिभुनाथ फुयलले गरेका थिए । संस्थाका सचिव अम्बिका अर्यालले कार्यक्रम संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *