पथरीको सिरिजंगा धार्मिक वनलाई प्रादेशिक पुरस्कारले सम्मान

कात्र्तिक ७ गते, पथरी । मोरङको पथरीशनिश्चरे–१०, स्थीत सिरिजंगा स्मृती धार्मिक वन उपभोक्त समूहले उत्कृष्ट प्रादेशिक धार्मिक वन पुरस्कार पाएका छन् । प्रदेश भरीको धार्मिक वनहरु मध्ये सो वन उत्कृष्टमा छानिएर प्रादेशिक पुरस्कार पाएको हो ।

उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रलाय १ नम्बर प्रदेशले उत्कृष्ट प्रादेशिक धार्मिक वन–२०७६घोषणा गरी पुरस्कार वितरणगरेको थियो । उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रलाय १ नम्बर प्रदेशले मंगलबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी वन मन्त्री जगदीश प्रसाद कुसियेतले पुरस्कार वितरण गरेका थिए ।

धार्मिक वनको संरक्षण,सम्बद्र्धन,व्यवस्थापन,वारावरण सन्तुलन,जैविक विविधता तथा धार्मिक संस्कृतीको संरक्षण र पर्यटन प्रवद्र्धनमा पुर्याएको योगदानको कदर गर्दै प्रदेशले ६० हजार नगद सहित प्रमाण पत्र प्रदान गरेको थियो ।

पुरस्कारका लागि वन समूका अध्यक्ष गंगा सावा लगाएत सम्पूर्ण पदाधिकारी र सदस्यहरु विराटनगर गएका थिए । पुरस्कार बारे बुधबार धार्मिक वनमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका थिए । पूर्वपश्चिम राजमार्ग देखि दक्षिणमा पर्ने सो वनको १५.२१ हेक्टर क्षेत्रफलमा स्थानीयले २०६१ साल देखि खालि जग्गामा विभिन्न जातका विरुवा रोपेर संरक्षण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *