नगरमा मासु पसल सुधार तालिम

कात्र्तिक ६ गते, पथरी । पथरीशनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले नगरका मासु पसल सञ्चालकका लागि ३ दिने मासु पसल सुधार तालिम सुरु गरेको छ ।

बुधबार वडा नम्वर ४ को हलमा आयोजित ‘बधस्थलदेखि भान्सासम्म स्वच्छ मासु उपभोगका लागि मासु पसल स्वच्छ तालिम’को एक कार्यक्रमकाबीच नगर प्रमुख दिलिपकुमार राईले उद्घाटन् गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा बोल्दै उहाँले नगरका मासु पसल सञ्चालकले स्वस्थ मासु विक्री वितरणका लागि ज्यादै ध्यान पुर्याउदै मापदण्ड पुरा गर्न आवश्यक रहेको बताए ।

वडाध्यक्ष गोविन्दबहादुर भण्डारीको अध्यक्षतामा उद्घाटित तालिममा नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालका साथै सोही विषय विज्ञ कर्मचारीहरु गणेश शिवाकोटी, पर्वत शाह र गुणराज थापाले सहजिकरण गरेका थिए । प्रत्येक वडाका ३ जनाका दरले ३० जना मासु पसल सञ्चालकको सहभागिता रहेको छ ।

बधशाला निर्माण सहितका १० वटा विषयमा निर्णय
पथरीशनिश्चरे नगर कार्यपालिकाको बैठकले बधशाला निर्माण सहितका १० वटा विषयमा निर्णय गरेको छ ।

नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा बसेको बैठकले वडा नम्वर १ को कृषि बजार दक्षिण गोसलाइनमा प्रदेश सरकारले नगरपालिकाको लगानीमा बधशाला निर्माणका लागि तत्काल वातारणीय प्रभाव मुल्यांकन गराउन प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।

बैठकले, वडा कार्यालय भवन निर्माणका लागि नगरपालिकाले ४० लाख बजेट छुट्याएकोमा जिल्ला समन्वय समितिसँग समेत सहकार्य गरेर थप रकम व्यवस्थापन गर्ने समेत निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । वडा नम्वर ५ र वडा पूर्वपश्चिम मुख्य सडक आसपासका क्षेत्रमा हेलिप्याड निर्माण गरिने सहितका निर्णय भएको उहाँले बताए ।


योजना अनुगमन्
पथरीशनिश्चरे नगरपालिकाको अनुगमन् समितिले योजनाहरुको अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा वडा नम्वर ३ को कालोपत्रे सडकमा प्राइम गरेको अवस्थाको अनुगमन् गरिएको छ ।
त्यसैगरी, वडा नम्बर ८ स्थित शुक्रवारे बजारकी कुष्ठरोगबाट पिडीत असहाय महिलाको घर निर्माणका क्रममा इँटा सहितका सहयोग जुटेको अवस्थाको पनि नीरिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *