फुटबलको उपाधी डाँगिहाटलाई

कात्र्तिक ६ गते,पथरीशनिश्चरे । पथरीशनिश्चरेमा भएको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा उपाधी डाँगिहाट फुटबल क्लब बेलबारीले उचालेको छ ।

बुधबार भएको फाइनल खेलमा साबिक विजेता लेटाङ फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै डाँगिहाट फुटबल क्लबले उपाधी उचालेको हो । उपाधिको लागि खेलको दोस्रो हापको ३० औँ मिनेटमा डाँगिहाटको खेलाडी बिक्रम तामाङले निर्णयक गोल गरेका थिए ।

फाइनल खेलको म्यान अफ दि म्याच लेटाङ फुटबल क्लबको खेलाडी अभिषेक लिम्बु घोषित भए । हाई स्कोरर खेल अबधी भर ३ गोल गर्ने योसेक फुटबल क्लब उर्लाबारीको खेलाडी मन्दिप लिम्बू पुरस्कृत भए ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी डाँगिहाटको अरुण लिम्बू, उद्यमान खेलाडी आयोजक सुनाखरीको खेलाडी अभिषेक लिम्बू, बेष्ट गोल्ड किपर, डिफेन्डर र बेष्ट कोच क्रमश डाँगिहाटकै छिरिङ तामाङ, सुरेन्द्र खवास र अनिल धिमाल घोषित हुर्दै पुरस्कार पाएका थिए । त्यसैगरी बेष्ट मिड फिल्डर र फर्वाड लेटाङका सुमन लिम्बू र भुवान राई पुरस्कृत भए ।

प्रतियोगिताको प्रथम हुनेले ८१ हजार, १११ र दोस्रो हुनेले ५१ हजार, १सय ११, ट्रफि,मेडल र प्रमाण पत्र पाएका थिए । प्रतियोगितामा मोरङको लेटाङ, डाँगिहाट, पथरी स्पोर्टिङ, योसेक फुटबल क्लव उर्लाबारी, आयोजक सुनाखरी युवा क्लब, झापाको सशस्त्र प्रहरी (एपीएफ) र दमक फुटबल क्लब र सुनसरीको पन्चायन फुटबल क्लब गरि आठ वटा टिम सहभागी भएका थिए ।

प्रतियोगिताको समापन कार्यक्रममा प्रदेशको सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रमुख अतिथि, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, नगरको खेलकुद विकास समितिको अध्यक्ष मनि लिम्बू लगायतको उपस्थिती रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *