उपाधिको लागि लेटाङ र डाागिहाट भिड्ने

कात्र्तिक ४ गते,पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि लेटाङ फुटबल क्लब र डाागिहाट फुटबल क्लब वीच आगामी बुधबार भिडन्त हुने भएको छ ।

सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा डाागिहाट फुटबल क्लबले पन्चायन फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेपछि डाागिहाटले उपाधिको लागि दावेदारी प्रस्तुती गरेको हो ।

खेलमा दोस्रो हापको २२ औ मिनेटमा डाागिहाटको खेलाडी अरुण लिम्बुले गरेको गोल नै निर्णायक बनेको छ । खेलको म्यान अफ दि म्याच डाागिहाट फुटबल क्लबको खेलाडी मिलन परियार घोषित भए । मंगलबारको खेल योसेक महिला फुटबल टिम उर्लाबारी र पथरीशनिश्चरे नगरको महिला टिन तथा पत्रकार र आयोजकवीच मैत्रीपुर्ण खेल हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले बताए ।

त्यसैगरी आइतबार भएको पहिलो सेमिफाइनल खेलमा योसेक फुटबल क्लब उर्लाबारीलाई १–० गोलको अन्तरले पराजित गर्दै लेटाङ पुन: उपाधी नजिक पुगेको छ । खेल सुरु भएको ९ औ मिनेटमा लेटाङका खेलाडी भुवन राईले गरेको गोल नै निर्णायक बनेको थियो । खेलको म्यान अफ दि म्याच योसेक क्लब उर्लाबारीका खेलाडी प्रकाश भुजेल घोषित भए ।

प्रतियोगिताको प्रथम हुनेलाई ८१ हजार, १ सय ११ र दोस्रो हुनेलाई ५१ हजार, १सय ११, ट्रफि,मेडल र प्रमाण पत्र प्रदान हुनेभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *