संथाल नकआउट फुटबल प्रतियोगितामा बालुघाट र सिरसिया विजयी

कात्र्तिक ४ गते, होक्लाबारी । मोरङको कानेपोखरी–१, होक्लाबारीको झरना गाडा संथाल क्लबको आयोजनामा जारी संथाल नक आउट फुटबल प्रतियोगितामा बालुघाट फुटबल क्लब कटहरी विजयी भएका छन् ।

सोमबार होक्लाबारीको झरना घुटुको खेलमैदानमा भएको खेलमा बनकरुवा फुटबल क्लबलाई ०–१ गोलको अन्तरले बालुघाट फुटबल क्लब विजयी भएको हो । खेलको २० औा मिनेटमा बालुघाट फुटबल क्बल कटहरीका प्रकास मर्दीले १ गोल लगाएका थिए । मर्दीले लगाएको गोल नै खेलको निर्णाय गोल बनेको थियो । खेलको म्यान अफ द म्याच विजेता टिमको प्रकास मर्दी नै घोषित भएका थिए । मंगलबारको खेल बिसन पुर फुटबल क्लब र बलिया युवा क्लब जहदा विच हुने भएको आयोजकले जनाएको छ ।

उद्घाटन खेलमा सिरसिया जहदा फुटबल क्लब विजयी

त्यसैगरी आइतबार भएको उद्घाटन खेलमा सिरसिया जहदा फुटबल क्लब विजयी भएका थिए । खेलमा जलिया फुटबल क्बललाई १–२ गोलको अन्तरले सिरसिया जहदा फुटबल क्लब विजयी भएको हो । खेलको मध्यन्तर अघि ५ औा मिनेटमा सिरसिया जहदाका चन्दन हेमब्रोनले १ गोल लगाउादै गोलको खाता खोलेका थिए । त्यसैगरी जलियाको तर्फबाट खेलको १२ औा मिनेटमा अविनाश विस्राले १ गोल गर्दै खेललाई बराबरी बनाएका थिए । त्यसैगरी खेलको मध्यान्तर पछि सिरसिया जहदाका रतन हेमब्रोनले १ गोल लगाउार्दै १–२ को अन्तर बनाउर्दै विजयी भएको हो ।

नेपाल संथाल आदिवासी उत्थान संघ केन्द्रिय अध्यक्ष लुखिराम हास्दा,उपाध्यक्ष विरेन्द्र किस्कु र जिल्ला अध्यक्ष ताला टुडुले खेलको उद्घाटन गरेका थिए । झापा र मोरङमा छरिएर बसेका संथालहरुमा एकआपसमा चिनजान होस र सम्बन्ध कायम राख्न खेल खेलाएको विजय किस्कुले बताए । यस खेलमा संथालहरुको युवाहरुले मात्र खेल्न पाउने छन् । खेलको उद्घाटनमा संथाल नाचले स्वागत गर्दै खेललाई अझ मनोरञ्जन दिलाएका थिए । खेलमा समाजसेवी देवेन्द्र लुईटेलले २ थान बल,२ थान नेटजाली क्लबलाई दिएका थिए ।

झरना गाडा संथाल क्लब कानेपोखरी–१, होक्लाबारीको आयोजनामा भएको खेलमा सिरसिया जहदा फुटबल क्लब ,जलीया फुटबल क्लब रंगेली,विसनपुर फुटबल क्बल,बलिया फुटबल क्लब जहदा,सोहल,भद्रपुर फुटबल क्बल झापा, हरकपुर युवा क्लब,सगले क्लब जहदा,झरनाघुटु,भिलाई युवा क्लब,वनकरुवा फुटबल क्लब,बालुघाट युवा क्लब कटहरी,जुवुवा फुटबल क्बल रंगेली,गाडाटोला युवा क्बल,महेश्वा युवा क्लब,कल्याणपुर युवा क्लब,आसन तोली फुटबल क्लब सुनबर्षि,विर्तामोड नेपाल संथाल क्लब झापा,आमतोला रंगेली र सगरमाथा युवा क्लब रतुवामाई गरेर जम्मा मोरङ र झापाका २० टिमले भाग लिएका छन् ।

खेलमा उत्कृष्ट खेलाडीलाई प्रत्येक दिन म्यान अफ द म्याच प्रदान गरिने छ । सोमबारको खेल वनकरुवा र बालुघाट कटहरी विच प्रतिस्पर्धा हुने आयोजक समितिका प्रतिनिधि विजय किस्कुले बताए । प्रतियोगिताको प्रथम हुनेलाई १५ हजार र दोस्रो हुनेलाई १० हजार ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *