लेटाङ नगरमा बाल विवाह रोक्न अन्तरक्रिया

कात्र्तिक ५ गते, लेटाङ । मोरङको लेटाङ नगरपालिका स्थीत किण्डर मिसन वर्कको सहयोगमा पहाडी ग्रामिण विकास संस्था उत्तरी मोरङ(हर्डन)को आयोजनामा ‘बाल विवाह अन्यका लागि सरोकारवालहरुको भुमिका’ बिषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सोमाबार लेटाङ नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा विभिन्न संघसंस्था, बाल क्लबहरुको बाक्लो उपस्थीतीमा अन्तरक्रिया भएको हो । हर्डनले लेटाङ नगरपालिकामा बर्षेनी ३० जनाभन्दा बढी बालबालिकाहरु विवाह बन्धनमा बाधिँने र वडा नं. १,२, ७ र ८ मा सवै भन्दा बढी बालविवाह हुने तथ्याङ् हर्डनले प्रस्तुत गरेका थिए ।

अहिले सो क्षेत्रमा विभिन्न दातृ निकाय तथा संघसंस्थाहरुसंग सहयोग र सहकार्यमा बाल विवाहको अन्यको लागी ‘सर्वाङ्गण विकासको लागि महिला र बालिकाहरुको स–शक्तिकरण परियोजना’ मार्फत सचेतना अभियान संचालन गर्दै आएको अभियान कर्मी सुरेश अधिकारीले बताए ।

लेटाङ नगरपालिकाले २०७७ साल पुससम्ममा बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । नगरको तयारी अनुसार हर्डन संस्थाले बाल विवाह अन्त्यको लागी अभियान संचालन गर्दै आएको छ । अन्तरक्रियामा सहभागी वडा नं. २ का प्रधानध्यापक राजेन्द्र खतिवडाले बाल विवाह आफ्नो घरमा पर्दा ढाकछोप गर्ने र अर्काको घरमा पर्दा कुरा गर्ने प्रवृतीले बालविवाह अन्त्य हुन नसकेको बताए । उनले अहिलेको बालिकाहरुमा ९ र १० बर्षको उमेर देखि नै महिनावारी हुने भएकोले २० बर्षबाट घटाएर १८ बर्षमा विवाह गर्ने उमेर बनाउनु पर्ने समेत माग राखेका थिए ।

त्यसैगरी वडा नं.७ का ओम कुमार मगरले बालविवाह भन्ने बुझँ्ने अभिभावकलाई नभएर गाउँगाउँमा गएर बालबालिकाहरुलाई नै सचेतना कायक्रम गर्नुपर्ने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका नगरपालिका प्रमुख शंखर राईले नगरमा बाल विवाह अन्त्य गर्न नगरपालिका लागि पर्ने बताउँर्दै सवैले सहयोग गर्न आग्रह गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *