डाँगिहाट बेलबारी सेमि फाइनलमा प्रवेस

कात्र्तिक २ गते,पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको दमक फुटबल एकेडेमी झापालाई पराजित गर्दै डाँगिहाट फुटबल क्लब मोरङ प्रतियोगिताको सेमि फाइनलमा प्रवेस गरेको छ ।

शनिबार भएको खेलमा ट्राइब्रेकरमा दमक फुटबल एकेडेमी झापालाई २–४ गोलको अन्तरले डाँगिहाट फुटबल क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेस गरेको हो । खेल सुरुभएको पहिलो मिनेटमै दमक फुटबल एकेडेमिका खेलाडी अनिल तिम्सिनाले गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाएका थिए । दोस्रो हापको अन्तिम २९ औ मिनेटमा डाँगिहाटका खेलाडी विक्रम तामाङले गोल गरेपछी निर्धारित समयमा १ बराबरीमा खेल टुङ्गिएको थियो । त्यस पछि खेलको छिनोफानो टाइब्रेकरले गरेको थियो ।

टाइव्रेकरमा डाँगिहाट फुटबल क्लबबाट शङ्कर राई, विक्रम लिम्बू, विक्रम धिमाल, सुरेन खवासले गोल गरेका थिए । दमकका लागि सुसन कार्की, किस्मत लिम्बुले गोल गरेपनी अनिश खड्काले प्रहार गरेको गोल पोस बाहिर गएका थिए । त्यसैगरी राजन धिमालले प्रहार गरेको गोल विपक्ष टिमको रक्षक छिरिङ तामाङले सेभ गरेका थिए । खेलको म्यान अफ दि म्याच डाँगिहाट फुटबल क्लबका गोल रक्षक छिरिङ तामाङ घोषित भए ।

भोलि (आइतबार)को पहिलो सेमि फाइनल खेल लेटाङ फुटबल क्लब र योसेक फुटबल क्लब उर्लाबारी विच प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समितिका अध्यक्ष मणि लुम्फुवा लिम्बुले बताए । सेमिफाइनलमा मोरङको लेटाङ, उर्लाबारी, डाँगिहाट र सुनसरी पन्चायन फुटबल क्लब धरान प्रबेस गरिसकेको छ । प्रतियोगिताको प्रथम हुनेलाई ८१ हजार, १११ र दोस्रो हुनेलाई ५१ हजार, १११, ट्रफि,मेडल र प्रमाण पत्रले प्रदान हुनेभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *