खसी-बोकाको मूल्य तोकिएपछि व्यापारी समस्यामा

काठमाडौं : सरकारले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर खसी/बोकाको मूल्य तोकिदिएपछि व्यापारीहरु मारमा परेको गुनासो गरेका छन्। सरकारले दशैंका लागि प्रतिकेजी ५५० रुपैयाँ खसी/बोकाको मूल्य तोकि दिएपछि काठमाडौं आएका व्यापारीहरु लाखौंको घाटा व्यहोर्न बाध्य भएका हुन्। फूलपातीको दिन काठमाडौंको भृकटीमण्डवमा भेटिएका काभ्रेका व्यापारी दिपक प्रसाद वन्तले सरकारले आफूखुसी मूल्य तोकिदिँदा आफूहरुले लाखौंको घाटा व्यहोर्नु परेको भन्दै आक्रोश व्यक्त गरे। उनले किसानसँग प्रतिकेजी ६०० रुपैयाँ हालेर ल्याएको खसी/बोका ५५० मा विक्री गर्दा भएको घाटा कसले व्यहार्ने पनि प्रश्न पनि गरे।  ‘आफूले ७ लाख हालेर ल्याएको खसी/बोकाको मूल्य ४ लाख पनि उठेन,’ खसी व्यापारी वन्तले प्रधानमन्त्री ओलीप्रति आक्रोश व्यक्त गर्दै भने, ‘ मैले व्यहोरेको ३ लाख घाटा कसले पूरा गरि दिन्छ ?’ दशैंका बेला घाटामा गएपछि व्यापारीहरुले सरकारले आफैले पालेजसरी खसी/बोकाको मूल्य तोकेर किसानहरुलाई मारमा पारेको दुःखेको पनि व्यक्त गरे । व्यापारीहरु फूलपातीको दिन भएको खसी व्यापारबाट निराश छन । अष्टमीको दिन केही होलाकी भन्ने आशामा आफूहरु रहेको अर्का व्यापारी रामकृष्ण लोभोमीले बताए । उनले भारतबाट पनि खसी/बोका आयात भएकाले पनि आफूहरु मारमा परेको गुनासो गरे । दशैंका लागि खसी/बोका भारतबाट आयात नगर्ने सरकारले बताएपनि त्यसमा प्रतिबन्ध लगाउन नसकेकोमा व्यापारीहरुको आपत्ति छ । दशैंमा खसी/बोकाको व्यापारमा घाटा खाएका व्यापारीहरुले सरकारले चिनीको मूल्य भने प्रतिकेजी ७० रुपैयाँ बढाएर १०० रुपैयाँ बनाउने तर मासुको मूल्य भने गत वर्षको जत्तिनै राखेकोमा असन्तुष्टि व्यक्त गरे। केही नाफा हुने आसमा खसी/बोका लिएर काठमाडौं आएका व्यापारीहरु निराश भएर फर्कने तयारीमा रहेका छन । अष्टमीको दिन केही आशातित व्यापार हुने उनीहरुको अपेक्षा छ । – thahakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *