दशै पछि दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने

असोज १६ गते, पथरीशनिश्चरे । दशै पछि सुनाखरी युवा क्लबले मोरङको पथरीमा दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बुधबार आयोजक सुनाखरी युवा क्लबले पथरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फुटबल प्रतियोगिता बारे जानकारी गराएको थियो ।

आगामी असोज २९ गते देखि सुरु हुने प्रतियोगिता कात्र्तिक ६ गते समाप्त हुने छ । खेलमा आयोजक सुनाखरी फुटबल क्लब,योसेक फुटबल क्लब उर्लाबारी,एपिएफ फुटबल क्लब झापा, लेटाङ फुटबल क्लब लेटाङ, पञ्चायन फुटबल क्लब सुनसरी,पथरी स्पोर्टिङ क्लब पथरी,दमक फुटबल एकेडेमी झापा र डाँगीहाट फुटबल क्लब बेलबारी गरी जम्मा ८ वटा टिम सहभागी हुने आयोजकले जनाएको छ ।

खेलको प्रथम हुनेलाई ८१ हजार, १ सय ११ र दोस्रो हुनेलाई ५१ हजार, १ सय ११, ट्रफि,मेडल र प्रमाण पत्रले सम्मान गरिने भएको छ । त्यसैगरी सार्वाधिक गोलकर्ता,सर्वोकृष्ट खेलाडी,उदयमान खेलाडी,उत्कृष्ट स्ट्राईगर,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोलकिपर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षलाई पनि नगद सहित ट्रफि,मेडल र प्रमाण पत्रले सम्मान गरिने भएको छ । त्यसैगरी प्रत्येक खेलमा म्यान अफ द म्याचको व्यवस्था रहेको र खेलको टिम ९ जनाको रहने क्लबका अध्यक्ष मिलन राईले बताए ।

सुनाखरी खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्री जीवन धिमिरेले उद्घाटन गर्ने र फाइनल खेलमा मोरङ क्षेत्र नंं. ३ का सांसद तथा कानून मन्त्रि भानुभक्त ढकाल प्रमुख अतिथि रहेने पथरीशनिश्चरे नगर खेलकुद विकास समितिका अध्यक्ष मनि लुम्फुवा लिम्बुले बताए ।

खेलको मुख्य प्रायोजक पथरीशनिश्चरे परिवार, हङकङ, सहआयोजक पथरीशनिश्चरे नगरपालिका र आयोजक सुनाखरी युवा क्लबको रहेको छ । खेलमा ८लाख ५२ हजार २ सय २२ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

गत बर्ष प्रथम पुरस्कार नगद ५१ हजार १ सय ११ रुपैया र दोस्रो पुरस्कार ३१ हजार १ सय ११, प्रमाण पत्र, ट्रफी र मेडल रहेको थियो । प्रथम पथरीशनिश्चरे खुला नकआउट फुटवल प्रतियोगिताको उपाधि लेटाङ फुटवल क्लवले चुमेको थियो । प्रतियोगितामा पथरी स्पोट्रिङ क्लब पथरी दोस्रो भएको थियो । पथरी स्पोट्रिङ क्लबलाई ०–३ गोलको अन्तरले लेटाङ फुटवल क्लवले जितेको थियो ।

खेलको म्यान अफदि म्याच लेटाङका उमेश कार्की,वेष्ट गोलकिपर अज्जित श्रेष्ठ,वेष्ट डिफेन्स अभिषेक लिम्बु, वेष्ट मिडफिल्ड पथरीका असिम राई,सर्वाधिक गोलकर्ता पथरीका अरुण लिम्बू’,सर्वउत्कृष्ठ खेलाडि साईमन लिम्वू र उद्यमान खेलाडि पथरीका विशाल पाण्डे चुनिन्दै पुरस्कृत भएका थिए ।

गत बर्ष खेलमा आयोजक सुनाखरी युवा क्लव, लेटाङ फुटवल क्लव, धरान फुटवल क्लव,वेलावरी फुटवल क्वल, योसेक फुटवल क्लव, दमक फुटवल क्लव, र पथरी स्पोर्टिङ क्लवले भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *