बारामा सेप्टिक ट्यांकी भित्र पाँचजनाको शव

बारा/ बारामा एकैघरका पाँचजनाको शव सेप्टिक ट्यांकीभित्र भेटिएको छ । जिल्ला प्रहरी  कार्यालय बाराका अनुसार फेटा गाउँपालिलका–४ बसारास्थित एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको शव सेप्टिक ट्यांकी भित्र भेटिएको हो।  एकै ठाउँमा पाँचजनाको शव भेटिएको जानकारी बुधबार राति ८ बजेतिर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी विकासराज खनालसहितको टोली त्यसतर्फ गएको छ ।  प्रहरीका अनुसार स्थानीय जोगा मुखियाको निर्माणाधीन पक्की घरको सेप्टिक ट्यांकीमा शव भेटिएको हो। घरमुली जोगा मुखिया पनि मृत भेटिएका छन्।  मृतकहरुका जोगा र उनका भाइका परिवारका सदस्य छन्। दुवै दाजुभाइका छोराछोरी पनि मृत भेटिएका प्रहरीले जानकारी दिएको छ ।  सेप्टिक ट्यांकीमा शव भेटिएको हुनाले उनीहरुले निसासिएर ज्यान गुमाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर अनुसन्धान भइरहेकाले घटना भवितव्य या हत्या भन्ने खुलिनसकेको प्रहरीको भनाइ छ। यो घरमा प्रहरी पुग्दा जोगा मुखियाकी वृद्धा आमा मात्रै भेटिएकी छन्। Thahakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *