नगरको पशुपंक्षीका दाना पसलमा अनुगमन्

असोज १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले वडा नम्वर १ स्थित पथरी बजार र आसपास क्षेत्रका पशुपंक्षीका ८ वटा दाना पसल अनुगमन् गरेको छ ।

बुधबार पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालको नेतृत्वमा प्रहरी सहितको टोलीले ८ वटा दाना पसलमा अनुगमन् गरी केही पसलहरुका लागि थप व्यवस्थित रुपमा सञ्चालनका लागि सुझाव दिएको छ ।

दशैंको मौका छोपेर उपभोक्ता ठगिने गतिविधि हुनसक्ने अवस्थालाई मध्यनजर गरेर पसलहरु अनुगमन्को अभियान सञ्चालन गरिएको शाखा प्रमुख दहालले जनाएका थिए । यसअघि टोलीले पथरी बजारका मासु, भेटेरीनरी पसलहरु समेत अनुगमन् गरेको थियो ।

उता, २ नम्वर वडा कार्यालयको आयोजनामा वडाका ३० जना अगुवा कृषकका लागि प्राङगारिक खेती सम्वन्धी १ दिने चेतनामूलक गोष्ठी सम्पन्न भएको छ । वडाध्यक्ष यामप्रसाद गुरागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उचित जैविक उद्योगका संस्थापक एवम् प्राविधिक किशोरचन्द्र महर्जनले सहजिकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *