ज्येष्ठ नागरिकलाई नेकपाले गर्यो सम्मान, नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपामा प्रबेश गर्नेको लहर

असोज १२ गते, पथरी । १ नम्बर प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले मोरङको पथरीशनिश्चरेस्थित भूटानी शरणार्थी शिविर क्षेत्रमा बन्ने बहुसाँस्कृतिक संग्रहालय विश्वले हेर्ने लायकको निर्माण गरिने बताएका छन ।

नेकपा पार्टी पथरीशनिश्चरे –८ स्थित वडा कमिटीले आयोजना गरेको दशैंतिहार, छैट शुभकामना तथा ज्येष्ठ कम्यूनिष्ट सम्मान कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन । उनले शरणार्थीको एकातर्फ व्यवस्थापन गरेर अर्कातर्फको जमिनमा प्रदेश भित्रका जातजातिलाई समेटेर प्रभावकारी साँस्कृतिक संग्रहालयको अव डीपीआर गर्ने चरणमा पुगिएको बताए ।

मन्त्री कार्कीले सरकारले सवै क्षेत्रको प्राथमिकताका आधारमा विकास निर्माणका कामहरु चरणवद्ध रुपमा अघि बढाएर गाउँ वस्तीमा समृद्धि ल्याउन लागि परिरहेको बताएका छन् । उनले नगरको ८ नम्वर वडामा प्राथमिकताका आधारमा विकासका काम गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको जनाए । डीएसपी सहितको प्रहरी कार्यालयको स्थायी प्रक्रिया अघि बढेको पनि उनले उल्लेख गरे ।

सो अवसरमा मन्त्री कार्कीले तात्कालिन एमालेले ज्येष्ठलाई भत्ता दिएर सम्मान थालेको प्रसंग ल्याउँदै वडा नम्वर ८ का ६५ वर्षमाथिका १ सय १५ जना ज्येष्ठ कम्यूनिष्ट सदस्यहरुलाई सम्मानपत्रले सम्मानित गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस सहितको पार्टी परित्याग गरी माकुम लिम्बू, हस्त बहादुर कार्की, रन्जित गुप्ता, रामकुमार चेम्जोङ, मिङ्मा शेर्पा, दिनेश साह, तेज बहादुर पौडेल, सर्मिला कार्की, भीष्मकुमारी लिम्बू, मिना गुरुङ, एकमाया मगर, मचिन्द्र पौडेल, बादल लिम्बू, थिरमाया कार्की, कल्पना पौडेल, हरि बि.क. लगायत नेकपामा प्रवेश गरेका छन् ।

कार्यक्रममा, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, लगायतले पार्टीको समृद्धिको अभियानका बारेमा बोल्लेका थिए । कार्यक्रममा नेकपा जिल्ला सदस्य टंक भण्डारी,राजकुमारी इङ्नाम,भोला अधिकारी, नगरप्रमुख दिलिकुमार राई,उपप्रमुख यामुना विष्ट लगाएत उपस्थीत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *