रमाइलो साकोसको १ करोड १७ लाख नाफा

असोज १२ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नं.–६, रमाइलोमा स्थापीत रमाइलो बचत तथा सहकारी संस्थाको २६ औँ साधारण सभा सम्पन्न भएको छ ।

शनिबार जनसेवा माविको प्रागङ्गणमा भएको सभामा संस्थाका कोषाअध्यक्ष डिल्ली प्रसाद ओझाले १ करोड, १७ लाख, ४४ हजार,३ सय २ रुपैया शुद्ध नाफा गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । गत बर्ष १ करोड १७ लाख, ३४ हजार ९ सय ८९ रुपैया शुद्ध बचत गरेको थियो । गत बर्षको तुलनामा ०.०८ प्रतिशतले मात्र बृद्धि भएको हो । संस्थाले ३ करोड, ३८ लाख,५७ हजार, ६ सय १४ रुपैया व्याज बाट आम्दानी गरेको छ । आर्थिक बर्ष २०७५÷०७६ मा एम्बुलेन्स संचालनबाट ६ लाख७० हजार, ८ सय ३३ रुपैया आम्दानी गरेका छन् ।

संस्थाका अध्यक्ष टंकबहादुर अधिकारीले आर्थिक बर्ष २०७५÷०७६ को बार्षिक कार्यप्रगती र २०७६÷०७७ प्रस्तावित कार्ययोजना प्रतिवेदन प्रस्तुत गरेका थिए । साधरण सभामा संस्थालाई विभिन्न अग्रगति प्रदान गर्न भूमिका खेल्ने एक दर्जन सेयर सदस्यलाई पुरस्कृत र सम्मान गरेको छ । नियमित वचत तथा ऋणको आर्थिक कारोवार उत्कृष्ट पुरस्कार महिला तर्फ कुमारी खड्का र चन्द्रकला कोइराला, त्यसैगरी पुरुष तर्फ निर बहादुर अधिकारी र भेषराज आचार्यलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

त्यसैगरी बाल वचत तर्फ उत्कृष्ट पुरस्कार निमा तामाङ र रीवाज फुयललाई प्रदान गरेको छ । त्यसैगरी पूर्व संचालक भोलानाथ अधिकारीलाई,सहकारी अभियान्ता संस्थापक सचिव खगेन्द्र निरौला,दैनिक वचत तर्फ नगेन्द्र विश्वास र निर्मला भण्डारीलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी लक्ष्मी प्रसाद गुरागाई र सोमकुमारी कोइरालालाई ज्येष्ठ सदस्य सम्मान गरिएको थियो ।

संस्थाले माघ २४ गते भएको बाल कार्यक्रममा निबन्ध लेखन प्रतियोगिता,नृत्य प्रतियोगिता,वक्तृृत्वकला,निबन्ध लेखन,हस्त लेखन,चकलेट दौड र भित्र बाहिर खेलप्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुने विभिन्न विद्यालयका तीन दर्जन विद्याथीहरु पनि पुरकृत गरिएको थियो ।

संस्थाको साधारण सभाको अवसरमा ३६ जना सेयर सदस्यले रगत दान गरेका थिए भने १ सय ८० जना नयाँ सेयर सदस्य बनेका संस्थाकी व्यवस्थापक कृष्णा दवाडीले बताइन । गत बर्ष ५१ जना सेयर सदस्यले रगत दान गरेका थिए । संस्थाले ७५ बर्ष पुरा भएपछि ज्येष्ठ सदस्य भत्ता मासिक १ सय रुपैया २०६१ साल देखि वितरण गर्दै आएको छ ।

यस बर्ष तारा कुमारी ओझा,देवी प्रसाद खनाल,पदम कुमारी बुढाथोकी,इश्वरी प्रसाद गुरागाई,वसुन्धरा पौडेल,कालिवहादुर राई,बलबहादुर राई,खडानन्द फएल,चन्द्र बहादुर भट्टराई,गणेशबहादुर कार्की,मदन फुयल,पूण्यशिला खतिवडा,लक्ष्मी प्रसाद गुरागाई,शेर बहादुर विष्ट,टंकनाथ सेढाई,अच्युतानन्द फुयल,कृष्ण प्रसाद भट्टराई,सोमकुमारी कोइराला र जयकला अधिकारी गरी जम्मा १९जना ज्येष्ठ सदस्यलाई सम्मान स्वरुप भत्ता वितरण गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि कानेपोखरीगाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले रहेका थिए ।विशेष अतिथि जिल्ला वचत संघ मोरङको बरिष्ठ उपाध्यक्ष प्रेम प्रसाद कोइराला कार्यक्रमको स्वागत
मन्तव्य उपाध्यक्ष यशोदा लिम्बुले र संस्थाका सचिव युवराज दवाडीले कार्यक्रम संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *