दोश्रो मिडियाकप फुटसल प्रतियोगिता दमकमा हुने

दमक/ झापाको दमकमा यहि असोज १६ गते दशैं, तिहार र छैठ पर्वको अवसर पारेर दोश्रो मिडियाकप फुटसल प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
नेपाल प्रेस युनियन माईपश्चीम क्षेत्रीय समितिले सञ्चालन गर्ने सो प्रतियोगितामा माइपश्चीम क्षेत्रमा क्रियाशील सञ्चार गृहमा कार्यरत पत्रकारहरुले भाग लिने युनियनका क्षेत्रीय अध्यक्ष विष्णु सुब्बाले जनाएका छन् ।

दमक ८ स्थित रणभुमी फुटसल मैदानमा सञ्चालन गरिने सो प्रतियोगिता सम्पन्न गर्न विष्णु पौडेलको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको युनियनका क्षेत्रीय सचिव नगेन्द्रमणी न्यौपानेले जानकारी दिनु भयो । झापाको माइपश्चीम क्षेत्रमा मात्रै करिब एक दर्जन सञ्चार गृह सञ्चालनमा रहेका छन् ।

प्रतियोगिताको विजेता टिमलाई नगद १५ हजार र उपविजेतालाई नगद १० हजार रुपैयाँ राशीको पुरस्कारसहित प्रमाण पत्र, मेडल र ट्रफी प्रदान गरिने संयोजक बिष्णु पौडेलले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *