उपमेयरद्रारा जितिया पर्वको शुभकामना

असोज ५ गते, पथरी । पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले जितिजा पर्वको शुभकामना व्यक्त गरेका छन् । आइतबार वडा नम्वर ६ मा आयोजित तराई मुलका आदिवासीहरुको जितिया कार्यक्रममा सहभागी भई शुभकामना व्यक्त गरेको हो ।

रामजानकी युवा क्लबले रामजानकी मन्दिर भातेगौंडामा आयोजना गरेको जितिया विशेष धार्मिक तथा साँस्कृतिक कार्यक्रममा उपप्रमुख वास्तोलाले सवै जातजातिका सँस्कृति रक्षा गर्नु पर्नेमा जोड दिएका थिए ।

उनीले साँस्कृतिक कार्यक्रममा नाँचेर साँस्कृतिक सद्भाव र अन्तरजातीय एकताको सन्देश छरेका छन् । उपप्रमुख वास्तोला तथा ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङ सहितले कार्यक्रममा समाजका ज्येष्ठहरुलाई दोसल्ला ओढाएर सम्मानित समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *