वक्तृत्वकला प्रतियोगितामा प्रथम र तृतीय पुरस्कार रमाइलो बालजगतले जिते

असोज २ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाको आयोजनामा संविधान दिवशको अवसरमा भएको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा रमाइलो बालजगत प्रथम र तृतीय पुरस्कार जितेको छ ।

विहिबार गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा रमाइलो बालजगत स्कुलका निकिता उप्रती प्रथम र सचिन लिम्बु तृतीय भएका छन् । त्यसैगरी दोस्रो आर्दश इङ्लिस स्कुलका निशा उप्रेती भएकी छिन ।

त्यसैगरी प्रतियोगिताको सान्तवना पुरस्कार श्रीमावि स्कुलका बरुणा अधिकारीले पाएका छन् । प्रतियोगितामा प्रथमले २५ सय, द्धितीयले २० हजारले,तृतीयले १५ सय र सान्तवना हुनेले १ हजार पाउने छन् । उनिहरुलाई शुक्रबार औपचारीक कार्यक्रममा नगद सहित प्रमाण पत्र पनि वितरण गरिने कार्यक्रम संयोजक एविन पाठले बताए ।

प्रतियोगितामा पालिकाको नीजि र सरकारी गरी १८ वटा विद्यालयका विद्यार्थीले भाग लिएका थिए । प्रतियोगिताको विराटनगरका रिता पाठक,राम पोख्रेल र पथरीशनिश्चरेकी मञ्जरी घिमिरेले निर्णय गरेका थिए । कार्यक्रममा रमाइलो युवा परिवार, लायन्स क्लब अफ कानेपोखरी र रमाइलो जेसिजले व्यवस्थापनमा सहयोग गरेका थिए ।

वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य रमाइलो युवा परिवारका अध्यक्ष नविन पौडेल र कार्यक्रम संचालन एविन पाठकले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *