संविधान दिवशको अवसरमा सरसफाई कार्यक्रम (फोटो फिचर)

सोज २ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाले असोज २ गते देखि ४ गते सम्म भव्यरुपमा संविधान दिवस मनाउँर्दै छ । पालिकाको पहिलो कार्यक्रम अन्तरगत विहिबार सरसफाई कार्यक्रमको सम्पन्न गरेको छ ।


गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले फोहोर बढारेर उद्घाटन गरेका थिए । कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, विभिन्न क्लब, व्यापार संघ, संघसंस्थ र जेनिथ इङ्लिस स्कुलका विद्यार्थीहरुको सहभागीतामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम ६ नं. वडाध्यक्ष खड्ग बस्नेतले समापन गरेका थिए । वडा नं. ६ र ५ का वडाध्यक्ष मात्र कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रमहरुः
असोज २ गते बृहद बजार र चोक सरसफाई कार्यक्रम विहान रहेको र दिउँसो १ बजे देखि अन्तरविद्यालय स्तरीय वक्तीत्वकला प्रतियोगिता हुने र ३ बजे रमाइलो चोकमा भेला भएर ४ बजेदेखि नेपालको झण्डा बोकेर मोटरसाइकल र्याली गर्ने निर्णय भएको खड्ग बस्नेतले बताए । मोटरसाइकल र्याली ७ वटै वडामा पुरा गरी साँझमा दिप प्रज्वलन गर्ने रहेको छ ।

त्यसैगरी ३ गते विहान ५ किलोमिटर महिला र पुरुषको खुल्ला म्याराथुन दौड प्रतियोगिता गर्ने र राष्ट्रि धुन सहितको मार्चपास माउण्ड हर्मन स्कुल,जेनिथ स्कुल, पर्ल एकेडेमी स्कुल र रमाइलो बालजगत स्कुलले गर्ने भएको छ । कार्यक्रममा संविधान झल्कीने नृत्य पनि रहेको छ ।

त्यसैगरी ४ गते साँझ दिप प्रज्वलन गरेर कार्यक्रम समापन गर्ने गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *