राष्ट्रिय बाल दिवशमा भलिबल प्रतियोगिता, प्रथम माउण्ट हर्मोन स्कुल

भदौ ३० गते, रमाईलो । माउण्ट हर्मोन चिल्डेन एकेडेमी स्कुलले राष्ट्रिय बाल दिवसको अवसरमा अन्तर मावि स्तरीय भलिवल प्रतियोगिताको आयोजना गरेको छ ।

माउण्ट हर्मोन बाल एकता समूहको आयोजना र विद्यालयको प्रायोजनमा भएको तीन दिने भलिबल प्रतियोगितामा प्रथम पुरस्कार आयोजक माउण्ट हर्मोन स्कुलले जितेको छ । आर्दर्श इङ्लिस स्कुललाई पराजित गर्दै फाइनलमा पुगेको माउण्ट हर्मोनले पिनाकल ज्ञान मन्दिर स्कुलाई फाइनलमा पराजित गर्दै प्रथम स्थान चुम्न सफल भएको हो ।

जेनिथ इङ्लिस स्कुललाई सेमिफाइनलमा पराजित गर्दै पिनाकल ज्ञान मन्दिर स्कुल फाइनलको यात्रा तय गरेको थियो । खेलको फाइनलमा पिनाकलले दोस्रो स्थानको पुरस्कार पाएका थिए ।

खेलमा प्रथम हुनेलाई नगद ५ हजार ५ सय र द्धितीय हुनेलाई २५ सय ५५ रुपैया,मेडल र प्रमाण पत्रले सम्मान गरेका थिए । आइतबार समापन तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतले पुरस्कार वितरण गरेका थिए ।

खेलमा पिनाकल ज्ञान मन्दिर स्कुल, जेनिथ इङ्लिस स्कुल, माउण्ट हर्मोन स्कुलको मुनाल र डाँफे गरी दुईवटा टिम, आर्दर्श इङ्लिस स्कुल,रमाइलो बालजगत स्कुल र जनसेवा मावि खेलमा सहभागी रहेको विद्यालय संचालक राजेश कार्कीले बताए ।

भलिबल खेल शुक्रबार सुरु भएर आइतबार समाप्त भएको थियो । खेलमा मुख्य रेफ्री धर्मराज धिमाल,देवेन्द्र थापा,सहायक रेफ्री कुमार श्रेष्ठ र सुमित राईले खेलको निर्णायक गरेका थिए । उत्कृष्ट खेलाडी सुशील कार्कीले समापन कार्यक्रममा नगद १ हजार पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *