राष्ट्रिय बाल दिवसमा गायन प्रतियोगिता, प्रथम पुरस्कार बालमावि जिते

भदौ २८ गते, कानेपोखरी । बाल एकता सञ्जाल कानेपेखरीको सहयोगम ३ नं. वडा बाल क्लबको आयोजनामा भएको मावि स्तरीय गायन प्रतियोगिता सम्पन्न गरेको छ ।

२२ औं राष्ट्रिय बाल दिवसको अवसरमा बाल क्लबले गायन प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा बाल माविका शंकर कार्की प्रथम भएको छ । त्यसैगरी जनसेवा माविको छवि परियार द्धितीय भएको छ भने पिनाकल ज्ञान मन्दिर स्कुलका अमन ओझा तृतीय भएको छ । त्यसैगरी सान्तवाना पुरस्कार आर्दश बोर्डिङ स्कुलका थेरिसा राईले पाएका छन् ।

गाउँपालिका भरीका ८ विद्यालयबाट गायन प्रतियोगितामा भाग लिएका थिए । प्रथम,द्धितीय र तृतीय हुनेले प्रमाण पत्र र कापी पुरस्कार पाएका थिए ।

कानेपोखरी –३, हरकपुरको शिक्षा सदन माविमा भएको कार्यक्रममा ४० जना बालबालिकालाई शैक्षिक सामाग्रि पनि वितरण गरिएको बाल एकता सञ्जाल कानेपोरीका कार्यक्रम संयोजक खगेन्द्र ढकालले बताए ।

कार्यक्रमको अध्यक्षता वडा बाल सञ्जालका अध्यक्ष प्रेम काफ्ले थिए भने प्रमुख अतिथि वडासदस्य सुमन न्यौपाने रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *