ग्रामिण सुधार सामुदायिक वनको चुनावी साधारण सभा सुरु

भदौ २४ गते, पथरी । मोरङको कानेपोखरी–७, मा रहेको ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समितिको चुनावी साधारण सभा सुरु भएको छ ।

मंगलबार वडा नं. ७, आइतबारेमा क्षेत्र नं. १ को चुनावी साधारणसभा सपन्न गरेको हो । सभामा कोषाअध्यक्ष लिला बस्नेतले १ लाख २० हजारको आयव्यय प्रस्तुत गरेकी थिइन् । त्यसैगरी कार्यवाहक अध्यक्ष कृष्ण बहादुर न्यौपानेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

ग्रामिण सुधार सामुदायिक वन अन्तरगत तीन वटै क्षेत्रको चुनावी साधारण सभा सुरु भएसँग नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसले आफ्नो पक्षमा नेतृत्व लिनको लागी दौडधुप पनि सुरु भएको छ ।

साधारण सभा सम्पन्न सँगै निर्वाचन समितिले उमेद्वारीको प्रकृया पनि सकाएको छ । प्रत्येक क्षेत्रबाट ४ जना छनौट हुने प्रावधान रहेको छ । ४ जना सदस्यको लागी २० जना उपभोक्ताले उमेदवारी दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी,वडा नं. ६ का वडाधयक्ष खड्ग बस्नेत, ग्रामिण सुधार सामुदायिक वन मुल समितिका अध्यक्ष नविन राई, नेकपाका कानेपोखरी अध्यक्ष भोला अधिकारी,सचिव मनोज राजवंशी,नेपाली कांग्रेसका कानेपोखरी गाउँसभापती योगेन्द्र दहाल, ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूह क्षेत्र नं. ३ का अध्यक्ष सेरु लिम्बु लगाएत अतिथिहरु रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *