कानेपोखरी गाउँपालिकाले विश्व आत्महत्या रोकथाम दिवस मनाए

भदौ २४ गते, पथरी । विश्व आत्महत्या रोकथाम दिवस–२०१९, कानेपोखरी गाउँपालिकाले भव्यताका साथ सम्पन्न गरेको छ । मंगलबार कानेपोखरी गाउँपालिकाको आयोजना र टिपीओ नेपालको सहकार्यमा दिवस सम्पन्न भएको हो ।

तस्वीरहरु : युवराज दवाडी र नविन पौडेल

विहान ७ बजे स्थानीय नीजि स्कुल र सरकारी स्कुलका विद्यार्थीहरुको उपस्थीतमा प्रभात फेरी गरेका थिए । पालिका क्षेत्र भित्र एक महिनामा ६ जनाले आत्महत्या गरे पछि गाउँपालिकाले यस बारे रोकथामको सचेतना कार्यक्रमहरु गर्दै आएको छ ।

तस्वीरहरु : युवराज दवाडी र नविन पौडेल

जनसेवा मावि, पर्ल एकेडेमी बोर्डिङ स्कुल, माउण्ड र्हमन चिल्डेलन एकेडेमी र रमाइलो बालजगत स्कुलका विद्यार्थीहरु प्ले कार्ड सहित सहभागी भएका थिए । ‘जीवन रहे संसार देखिन्छ’ ‘आत्महत्या रोकथाम सबैको सहकार्य’भन्ने नारा सहित प्ले कार्ड बोकी र्याली निकालेका थिए ।

र्यालीले रमाइलो बजार र चोक परिक्रमा गर्दै कोण सभा गरी सम्पन्न गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयबाट पनि सहभागी थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले,उपाध्यक्ष राजमती इङ्नाम, वडाध्यक्षहरु र विभिन्न राजनितिक दलका प्रतिनिधिहरु पनि सहभागीता जनाएका थिए ।

तस्वीरहरु : युवराज दवाडी र नविन पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *